काठमाडौंमा घरकाे मूल्य ४५ देखि ७८ लाखसम्म, यसरी गरिन्छ मूल्याङ्कन

<p> काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८को आर्थिक विधेयकमार्फत भवनको मूल्याकंन दर निर्धारण गरेको छ । महानगरले भवनको बनावटको आधारमा भवनको मूल्यांकन दर कायम गरिएको बताएको हो । महानगरपालिकाले भित्र काँचो बाहिर पाको इट्टामा माटोको जोडाई भएको भवन र काठबाट बनेका भवनको प्रति वर्गफिटको मूल्यांकन दर १ हजार ५ सय तोकेको छ ।  हालको अवस्थालाई [&hellip;]</p>

 काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८को आर्थिक विधेयकमार्फत भवनको मूल्याकंन दर निर्धारण गरेको छ । महानगरले भवनको बनावटको आधारमा भवनको मूल्यांकन दर कायम गरिएको बताएको हो ।

महानगरपालिकाले भित्र काँचो बाहिर पाको इट्टामा माटोको जोडाई भएको भवन र काठबाट बनेका भवनको प्रति वर्गफिटको मूल्यांकन दर १ हजार ५ सय तोकेको छ ।  हालको अवस्थालाई हेर्दा  सामान्य अवस्थाका घर न्यूनतम ३ हजार वर्गफिटकमा निर्माण हुन्छ । यसरी मूल्यांकन गर्दा तपाईको घर ३ हजार वर्गफिटमा निर्माण भएको छ भने त्यसको मूल्याकंन ४५ लाख रुपैयाँ हुन आउँछ ।

यस्तै, महानगरपालिकाले भित्रबाहिर पाको इटा वा ढुंगा र माटोको जोडाई भएको सबै किसिमको भवनको मूल्यांकन दर १ हजार ८ सय तोकेको छ । यदी तपाईको घर यस्तो किसिमको छ भने र ३ हजार वर्गफिटमा तपाईको घर निर्माण भएको छ भने तपाईको घरको मूल्य ५४ लाख रुपैयाँ पर्न जान्छ ।

यस्तै, तपाईको घर प्रि फ्याब भवन, गोदाम भवन छ भने त्यसको पनि मूल्यांकन दर १ हजार ८ सय नै तोकेको छ । भित्रबाहिर पाको इट्टा र सिमेन्टको जोडाई भएको भवनको मूल्याकंन दर भने २ हजार ३ सय कायम गरिएको छ ।

यस्तै, धेरै स्ड्याण्डर्डको घर अर्थात स्टील स्ट्रक्चर (ट्रस) भवनको मूल्यांकन दर २ हजार ४ सय निर्धारण गरेको छ । तपाईको घर यस्तो किसिमको छ र सो ३ हजार वर्गफिटमा निर्माण भएको छ भने तपाइको घरको मूल्यांन महानगरले तोके अनुसार ७२ लाख पर्न जान्छ ।

यसैगरि महानगरपालिकाले आर.सी.सी फ्रेम स्ट्रक्चर भवनको मूल्यांकन दर २ हजार ६ सय निर्धारण गरेको छ । तपाईको घर यही किसिमको छ सो घर ३ हजार वर्गफिटमा बनेको छ भने तपाईको घरको मूल्य मात्रै ७८ लाख रुपैयाँ हुन्छ । जग्गाकाे मूल्य ठाउँ अनुसार फरक ताेकिएका छ ।

Share News