दरवारमार्गमा जग्गाको मूल्य प्रतिआना ५० लाख, काठमाडाैंमा कुन ठाउँको मूल्य कति ?

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका अनुसार काठमाडौंको व्यापारिक केन्द्र दरबारमार्गमा प्रति आना जग्गाको मूल्य ५० लाख रुपैयाँ रहेको छ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयक प्रस्तुत गर्दै जग्गाको मूल्य तोकेको हो । विभिन्न ठाउँको जग्गाको मूल्य न्युनतम १३ लाख रुपैयाँ देखि अधिकतम ५० लाख रुपैयाँ कायम गरेको हो । दरवार मार्गमा मात्रै आनाको ५० [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका अनुसार काठमाडौंको व्यापारिक केन्द्र दरबारमार्गमा प्रति आना जग्गाको मूल्य ५० लाख रुपैयाँ रहेको छ ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयक प्रस्तुत गर्दै जग्गाको मूल्य तोकेको हो । विभिन्न ठाउँको जग्गाको मूल्य न्युनतम १३ लाख रुपैयाँ देखि अधिकतम ५० लाख रुपैयाँ कायम गरेको हो ।

दरवार मार्गमा मात्रै आनाको ५० लाख रुपैयाँ तोकेको छ । महानगरपालिकाले यी विभिन्न मूल्य ताेकेपनि यसकाे वास्तविक मूल्य भने फरक नै छ ।

काठमाडौं महानगरभित्र पर्ने १ सय ७७  वटा ठाउँको जग्गाको मूल्य तोकिएको छ । नयाँ मूल्यका आधारमा खरिद बिक्री कर लाग्नेछ । जग्गाको मूल्यमा छुटको व्यवस्था समेत गरिएको छ । महानगरले करका दरहरु सार्वजनिक गर्दै सबै खाले व्यवसायमा करका नयाँ दरहरु निर्धारण गरेको छ । नयाँ करले सबैखाले व्यवसाय गर्न महंगो पर्ने देखिएको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र एक व्यक्तिका नाममा दर्ता कायम रहेका घर तथा जग्गाहरुलाई एक युनिट मानि कर निर्धारण गरिनेछ । घर जग्गा मूल्यांकनको लागि जग्गाको क्षेत्रफल आठ आनासम्म भएमा सम्पुर्ण जग्गा घरजग्गा कर निर्धारणमा समाबेश गर्ने सो भन्दा बढी क्षेत्रफल भएकाको हकमा भवन वा घरले चर्चेको क्षेत्रफलको दुई गुणासम्मको जग्गा मात्र मूल्याङ्कनमा समाबेश गरी कर निर्धारण गरिने भएको हो ।

जुनसुकैप्रकारले हक हस्तान्तरण हुँदा महानगरपालिकाले गरेको मूल्यांकन भन्दा लिखतको मूल्य घटी वा बढी भए पनि नगर सभाबाट स्वीकृति भएको दरको आधारमा मात्र घरजग्गाको मूल्यांकन गरि कर निर्धारण गरिनेछ ।

महानगरपालिकाले बुधबार आर्थिक वर्ष २०७७/७८ को बजेटसँगै आर्थिक विधेयक पनि सार्वजनिक गरेको छ । आर्थिक विधेयकमा महानगरले तपाईंको कति सम्पत्तिमा कति कर असूल गर्ने भनेर उल्लेख गरेको छ ।

Share News