‘यातायात व्यवसायी गाडी गुडाउन तयार, गाडी सडकमा निकाल्ने वातावरण सरकारले गर्नुपर्छ’

<p>काठमाडौं । सार्वजनिक यातायात सञ्चालन गर्नको लागि यातायात व्यवसायी तयार भएका छन् । तर, त्यसका लागि सरकारले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लामो समयको लकडाउनले अहिले यातायत क्षेत्र धेरै समस्यामा परेको छ । सरकारले लकडाउन खुकुलो बनाएर सरकारी कार्यालय, केही उद्योग व्यवसाय सञ्चालन गर्न निर्देशन [&hellip;]</p>

काठमाडौं । सार्वजनिक यातायात सञ्चालन गर्नको लागि यातायात व्यवसायी तयार भएका छन् । तर, त्यसका लागि सरकारले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लामो समयको लकडाउनले अहिले यातायत क्षेत्र धेरै समस्यामा परेको छ । सरकारले लकडाउन खुकुलो बनाएर सरकारी कार्यालय, केही उद्योग व्यवसाय सञ्चालन गर्न निर्देशन दिएपनि सार्वजनिक यातायात भने विगत ३ महिनादेखि ग्यारेजमै छन् ।

केही जोर बिजोर निजी सवारी साधनहरु सडकमा गुडेपनि सार्वजनिक सवारी साधनहरु वेवारिसे अवस्थामा ग्यारेज्मै थन्किएका छन् । तीन महिनादेखि ग्यारेजमै समस्याग्रस्त किसिमले रहेका सवारी साधनलाई सडकमा निकाल्न सरकारले व्यवस्थापन र उचित प्रवन्ध मिलाए आफुहरु गाडी चलाउन तयार भएको यातायात व्यवसायीहरुको भनाई छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले तीन महिनादेखिको ग्यारेजमै थन्केका सवारी साधनहरु सडकमा ल्याउने व्यवस्था मिलाए आफुहरु गाडी चलाउन तयार भएको बताए ।

‘गाडी ग्यारेजमै थन्केको ३ महिना भइसकेको छ, यही समयमा बैंकले पनि ताकेता गरिहरेको छ, सरकारले यी विभिन्न समस्याहरु सुनुवाई गर्यो भने हामी गाडी चलाउन तयार छौं,’ उनले भने ।

उनले आफुहरु सरकारले बजेटमा भनेका कुराको पखाईमा पनि रहेको बताए । सरकारले भोलिदेखि गाडी चला भन्यो भने हामी तयार हुन सक्दैनौं, उनले भने,‘गाडी चलेपछि खर्च उठ्नु पर्यो हामीले राखेका स्वास्थ्यका सर्तहरु सरकारले पुरा गरे गाडी चलाउन तयार छौं ।’

धेरै गाडी ग्यारेजमै कुहिसकेकोले त्यसको मर्मत सम्भारमा पनि सरकारले सहयोग गर्नुपर्ने उनले बताए । विभिन्न समयमा सरकारी अधिकारीहरुसँग सवारी साधन चलाउने बारे छलफल भइरहेपनि अहिलेसम्म निश्कर्ष भनइनसकेको उनको भनाई छ ।

यातायात व्यवसायीहरु र मजदुर संगठनले यातायात सञ्चालन गर्नको लागि विभिन्न स्वास्थ्य सुरक्षाका मागहरु राखेका छन् । उनीहरुले पर्याप्त मात्रामा उपयुक्त व्यक्तिगत सुरक्षाजन्य सामग्रीहरू उपलब्ध गराउनुपर्ने, काम गर्नका लागि उपयुक्त वातावरण हुनुपर्ने, सामाजिक दूरी कायम गर्न सहयोग पुग्नुपर्ने माग राख्दै आएका छन् । तर, सरकारी पक्षले थाहै नदिई एकलौटी तरिकाले मापदण्ड तयार गरेको उनीहरूको भनाइ छ ।

यस्तै, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले मन्त्रिपरिषद्ले सार्वजनिक यातायातलाई खोल्ने निर्णय गरे आफुहरु तयारी अवस्थामा रहेको बताए । यातायात सञ्चालन गर्ने गर्ने बारे काम तीव्र रुपमा भइरहेको उनले बताए । विश्व स्वास्थ्य संगठनले तोकेको सर्तअनुसार यातायात सञ्चालन मापदण्डको मस्यौदा तयार भइसकेको बताउँदै उनले अझै तयारी गर्न धेरै विषय बाँकी रहेकाले केही निश्चित ठाउँमा खुलाउन सकिने सम्भावना रहेको बताए ।

हमालले सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने, सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने, गाडीमा बस्ने सबैले स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्ने लगायतका प्रस्तावसहित निर्देशिका तयार गरेको बताएका छन । तर त्यो निर्देशिकामा व्यवसायीले असहमति जनाएका छन् । सरकारले भाडा वृद्धि गर्ने मात्र नभई अनुदानको व्यवस्था पनि गर्नुपर्ने महासंघको माग छ ।

‘गाडी सञ्चालनमा आएपछि २० सिटे गाडीले १० जना मात्र बोक्न सक्छ, यस्तो अवस्थामा सरकारले लगानी र खर्चको पक्ष हेरोस्, मजदुरलाई तलब भत्ता दिनैपर्छ, बैङ्कको किस्ता तिर्नैपर्छ, अनि आधा मात्र यात्रु राखेर सवारी चलाएबापत हामीलाई के ? सरकारले यो पक्षमा पनि हेरोस्, हामी गाडी चलाउन तयार छौं,’ सिटौलाले भने ।

६० प्रतिशतको रोजगारी धरापमा

सिटौलाले गाडीहरु ग्यारेजमै थन्किदा ६० प्रतिशत मानिसहरुको रोजगारी धरापमा परेको बताएका छन् । नेपालमा ४ लाखभन्दा बढी सवारीसाधन दर्ता भएको बताउादै ती सवारी साधनहरुम ६० प्रतिशत मानिसले रोजगारी पाएको उनको भनाई छ।

अहिले ती सबैको रोजगारी संकटमा परेको उनले बताए । सवारी साधनमा कुल १० खर्ब लगानी भएको उनको भनाई छ। त्यसमा ८० प्रतिशत बंक र २० प्रतिशत लगानी स्वयमं व्यवसायीको रहेको उनले बताए ।

Share News