
काठमाडौं । पूजा इन्टरनेशनल नेपाल प्रा.लिले फक्सवागन गाडी खरीद गर्ने इच्छुक ग्राहकहरुलाई आउदो १ बर्षसम्मको लागि कम किस्ता तिरे पुग्ने अफर ल्याएको छ । यस अफर अन्तर्गत आउँदो १ वर्षसम्म मासिक १० हजार रुपैयाँ किस्ता तिरे मात्र पुग्नेछ ।
त्यसपछि ग्राहकहरुले नियमित किस्ता तिर्नुपर्ने हुन्छ । कोरोना कोभिड-१९ द्वारा सिर्जित वातावरणमा धरै व्यक्तिहरुको सुरक्षित सार्वजनिक सवारीसाधनहरुको अभावमा मोटरसाइकल वा गाडी किनुपर्ने वाध्यता भएको परिप्रेक्ष्यमा सर्वसाधारणसम्म फक्सवागन पोलो गाडीको पहुच होस् भन्ने अभिप्रायले यो योजना लागु गरिएको हो ।
पूजा इन्टरनेशनल नेपाल प्रा.लि. को बजार प्रबन्धक बिराज श्रेष्ठका अनुसार कोरोना कोभिड १९ को संक्रमण १ वर्ष भित्र अन्त्य भई ग्राहकहरुको क्रयशक्ति पुरानो स्वरुपमा आउने छ भन्ने आशाका साथ यो योजना लागु गरिएको छ ।
साथै यस योजना अन्तर्गत अफर गरिएको प्रिमियम हयाचब्याग गाडी पोलोमा सुरक्षाका विभिन्न व्यवस्था जस्तै एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडि, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टर सहितको एयर कन्डिसन, पावर स्टरिङ आदि समावेश गरिएको छ ।
लगातार ३ वर्षसम्म विश्वमा सर्वाधिक गाडीहरु बिक्रि गर्न सफल फक्सवागनको विश्व स्तरीय गाडी उत्पादन गर्ने कम्पनी हो । खरिद गर्नु अगाडी, टेस्ट डाईभ गर्दा संरक्षित वातावरणमा गरिने कुरामा पूजा इन्टरनेशनल नेपाल प्रा.लि. बताएको छ ।
यस योजना अन्तर्गत अन्य सुबिधाहरु फ्रि एक्ससोरिज, सुलभ फाईनान्सिङ सुबिधा, प्रथम वर्षको सडक शुल्क, २ वर्षसम्मको कि मि बन्देज नभएको वारेन्टी, ४ वर्षसम्मको निशुल्क सर्भिस र डेलिभरीको लागि कुर्नु नपर्ने कम्पनीले जनाएकाे छ ।