यामाहाका जुनसुकै मोटरसाइकल तथा स्कुटर शुन्य प्रतिशत डाउन पेमेन्टमा किन्न पाइने

<p>काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा शुन्य प्रतिशत फाइनान्स स्किम सुरु गरेको छ । यामाहाले सामाजिक दुरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै उक्त स्किम ल्याएको हो । ‘असहज परिस्थिति, सहज समाधान’ नाम दिइएको यो स्किमले नयाँ यामाहा खरिद गर्दा ग्राहकमाथि आर्थिक भारलाई समेत [&hellip;]</p>

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा शुन्य प्रतिशत फाइनान्स स्किम सुरु गरेको छ । यामाहाले सामाजिक दुरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै उक्त स्किम ल्याएको हो ।

‘असहज परिस्थिति, सहज समाधान’ नाम दिइएको यो स्किमले नयाँ यामाहा खरिद गर्दा ग्राहकमाथि आर्थिक भारलाई समेत कम गर्ने अपेक्षा गरिएको छ ।

यो स्किम अन्तर्गत ग्राहकले तीन वर्षअवधिका लागि शुन्य प्रतिशत डाउन पेमेन्टमा यामाहाका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा यामाहाका दुईपांग्रे खरिद गर्न सक्नेछन् । यसका अलावा यामाहाले आफ्नो सबै उत्पादनहरुमा १० हजार रुपैयाँ नगद छुट पनि व्यवस्था गरेको छ ।

‘यो दुर्भाग्यको कुरा हो कि कोभिड-१९ ले देशको अर्थतन्त्र आक्रान्त छ । आफ्नो दैनिकी सहज र सुरक्षित बनाउँदा नागरिकमाथि समेत अतिरिक्त आर्थिक भार परिरहेको छ । अहिले सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सबैभन्दा बढी प्राथमिकतामा परेको छ । यो आवश्यकतालाई ध्यानमा राखेर हामीले यो नयाँ स्किम ल्याएका हौं,’ यामाहा नेपालका मार्केटिङ हेड विक्रम पौडेलले भने ।

साथै, यामाहाले डिजिटल प्ल्याटफर्मको माध्यमबाट मोटरसाइकल तथा स्कुटर बुकिङको सुरुवात समेत गरेको छ । यसबारे विस्तृत विवरण www.yamaha.com.np र यामाहाको सामाजिक सञ्जाल पेजमा उपलब्ध छ ।

Share News