खाद्य व्यवस्था तथा व्यापार कम्पनीकाे सामग्री अब सस्ताेडिल मार्फत किन्न सकिने

<p>काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीकाे सामग्री अब सस्ताेडिल मार्फत किन्न सकिने भएकाे छ । नेपाल सरकारकाे निजी इ-कमर्श कम्पनीसँग याे पहिलाे सहकार्य हाे । इकमर्स कम्पनी सस्तोडिल डटकम र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच ब्यापार साझेदारी भएको हाे। याे ब्यापार साझेदारीसँगै ग्राहकले अब घरमै खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा उपलब्ध सुपथ मुल्यका सामग्री पाउनेछन् । यसमा हाेम [&hellip;]</p>

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीकाे सामग्री अब सस्ताेडिल मार्फत किन्न सकिने भएकाे छ । नेपाल सरकारकाे निजी इ-कमर्श कम्पनीसँग याे पहिलाे सहकार्य हाे ।

इकमर्स कम्पनी सस्तोडिल डटकम र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच ब्यापार साझेदारी भएको हाे। याे ब्यापार साझेदारीसँगै ग्राहकले अब घरमै खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा उपलब्ध सुपथ मुल्यका सामग्री पाउनेछन् । यसमा हाेम डेलीभरी निशुल्क रहेकाे छ ।

ग्राहकले सस्तोडिलको वेबसाईट वा मोबाइल एप प्रयोग गरी सामानहरु अर्डर गर्न सक्नेछन्। हालकाे लागि दाल, चामल, नुन, डीडीसीका उत्पादन लगायतका सामग्री सुचिकृत गरिएको छ।

तत्काललाई काठमाडौ उपत्यकाको चक्रपथदेखि ६ किलोमिटर बाहिरसम्म डेलिभरी हुने बताइएको छ। अर्डर गरेको एक दिनभित्रै डेलिभरी हुने र कम्तीमा २ हजार देखि बढिमा ५ हजार समको अर्डर गर्न सकिने कम्पनिले जनाएकाे छ ।

Share News