विद्युत महसुल दर घट्याे, डेडिकेटेड र ट्रंकलाइनको प्रावधान पनि खारेज

<p>काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महशुल दर घटाएको छ । सोमबार बसेको आयोगको सञ्चालक समितिको ५७औं बैठकले २०७७ असार महिनादेखिको विद्युत खपतमा लागू हुने गरी विदुत महसुल घटाएको हो । आयोगले तोकेको नयाँ महसुल दर अनुसार अब उपभोक्ताले केही मात्रामा राहत पाउने भएका छन् । नेपाल विद्युत प्राधिकरणले गत मंसिरमा नयाँ विद्युत महशुल दर [&hellip;]</p>

काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महशुल दर घटाएको छ । सोमबार बसेको आयोगको सञ्चालक समितिको ५७औं बैठकले २०७७ असार महिनादेखिको विद्युत खपतमा लागू हुने गरी विदुत महसुल घटाएको हो ।

आयोगले तोकेको नयाँ महसुल दर अनुसार अब उपभोक्ताले केही मात्रामा राहत पाउने भएका छन् । नेपाल विद्युत प्राधिकरणले गत मंसिरमा नयाँ विद्युत महशुल दर तोक्नका लागि आयोगमा प्रस्ताव पठाएको थियो। प्राधिकरणको सोही प्रस्तावका आधारमा आयोगले विस्तृत अध्ययन गरी नयाँ विद्युत महशुल दर तोकिएको आयोगका अध्यक्ष डिल्ली बहादुर सिँहले बताए ।

नयाँ विद्युत महशुल दर तोकिएसँगै आयोगले व्यवसायिक क्षेत्रका लागि यसअघि प्रयोगमा रहेको डेडिकेटेड र ट्रंकलाइनको प्रावधान पनि हटाएको सिँहले बताए । हालसम्म विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको माध्यमबाट जडान गरिएका औद्योगिक, व्यापारिक तथा गैरव्यापारिक उपभोक्तालाई ६५ प्रतिशतसम्म अतिरिक्त शुल्क लिइरहेकोमा यसलाई पूर्णरुपले हटाइएको उनको भनाई छ ।

उनले सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने बताए  ।  प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम भएको उनकाे भनाई छ ।

२०६९ साल असार ९ गते नेपाल विद्युत प्राधिकरणले पहिलो पटक डेडिकेटेड लाइनबाट विद्युत सेवा पाउन सक्ने प्रावधानसहितको व्यवस्था सञ्चालक समितिबाट पारित गरेको थियो। तर केही उद्योगहरुले डेडिकेटेड र ट्रंकलाइनबाट आफूहरुले विद्युत प्रयोग नगरेको भन्दै त्यसको शुल्क पनि तिर्न नसकिने बताउँदै आएको छन भने अहिले लोडसेडिङ नभएको अवस्थामा पनि डेडिकेटेड र ट्रंकलाइनको प्रावधान राखिनु जायज नभएकाले यसलाई हटाउनुपर्ने व्यवसायीहरुको माग थियो।

आयोगले महसुलको फैसला गर्दा सरकारले कोभिड–१९ को समयमा खपत कम हुने र यसमा प्रोत्साहन गर्ने उद्देश्यले १ सय ५० युनिटसम्म विद्युत् खपत गर्नेलाई २५ प्रतिशत तथा २ सय ५० युनिट खपत गर्नेलाई १५ प्रतिशत छुट दिने निर्णयलाई पनि आधार मानेको छ ।

यसैगरी, सरकारले प्रभावित उत्पादनमूलक उद्योगहरूको लकडाउनको समयमा डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको महसुल दरमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

यस्तो छ नयाँ महसुल दरः

–ग्राहस्थ वर्गको सिंगल फेज तल्लो भोल्टेज अर्थात २३० भोल्टको लाइनबाट विद्युत खपत गर्ने उपभोक्ता अन्तर्गतका उप–समूहको न्यूनतम (डिमाण्ड) शुल्कमा ११.११ प्रतिशत देखि ३३ दशमलव ३३ प्रतिशत सम्मको घटौती गरिएको छ।

–इनर्जी शुल्कको हकमा गरेको ५ एम्पियरको लाइनबाट मासिक १० किलोवाट घण्टा सम्म विद्युत खपत गर्ने गरिब तथा न्युन आय भएका उपभोक्ताका लागि इनर्जी शुल्क नलाग्ने गरी निर्णय गरिएको छ। साथै सबै एम्पियरको लाइन मार्फत मासिक २१ भन्दा बढी किलोवाट घण्टासम्म खपत गर्ने बाँकी उपसमूहको इनर्जी शुल्कमा ५ प्रतिशत देखि ९ दशमलव ९ प्रतिशत सम्मको घटौती गरिएको छ।

–ग्राहस्थ वर्गको थ्री फेज तल्लो भोल्टेज ९४०० भोल्ट० को लाइनबाट विद्युत खपत गर्ने उपभोक्ता समूहको न्यूनतम शुल्कमा कुनै परिवर्तन गरिएको छैन भने मासिक ४०० किलोवाट घण्टासम्म विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा ८४ र ४०० कि।वा। घण्टाभन्दा माथि विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा ११.११४ घटौती गरिएको छ।

– ग्राहस्थ वर्गको श्री फेज मझयौला भोल्टेज ९३३र११ के। भी।० को लाइनबाट विद्युत खपत गर्ने उपभोक्ता समूह अन्तर्गत मासिक २००१ किलोवाट घण्टाभन्दा धेरै विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्क ७ दशमलव ६९ प्रतिशत ले घटाइएको छ भने बाँकी महसुल यथावत राखिएको छ।

–अन्य उपभोक्ता अन्तर्गतका सामुदायिक खानेपानी वर्गको डिमाण्ड शुल्क हटाइएको छ भने इनर्जी शुल्कमा २३ दशमलव ३३ प्रतिशत सम्मको घटौती गरिएको छ।

–हालसम्म विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको माध्यमबाट जडान गरिएका औद्योगिक, व्यापारिक तथा गैहव्यापारिक उपभोक्तालाई ६५ प्रतिशतसम्म अतिरिक्त शुल्क लिइरहेकोमा यसलाई पूर्णरुपले हटाईएको छ।

–अन्य खानेपानी वर्गको डिमाण्ड शुल्कमा ३१ दशमलव ८२ प्रतिशत सम्मको कटौती गरिएको छ।

–सिंचाई वर्गको लागि आवश्यक कृषि मिटरको प्रयोगमा डिमाण्ड शुल्क हटाइएको छ भने यातायात तथा १३२ केभी लाइनको प्रयोग गर्ने

औद्योगिक उपभोक्ताहरुका लागि नयाँ महसुल दर कायम गरिएको छ। बाँकी उपभोक्ताको महसुल भने यथावत राखिएको छ।

–टाइम अफ डे (टिओडी) मिटर जडान गरेका उपभोक्ताहरुको हकमा यातायात तथा १३२ केभी लाइनको प्रयोग गर्ने औद्योगिक उपभोक्ताहरुका लागि नयाँ महसुल दर कायम गरिएको छ।

–सामुदायिक खानेपानी वर्गकोको डिमाण्ड शुल्क हटाइएको छ भने इनर्जी शुल्कमा २२ दशमलव ९५ प्रतिशत सम्मको घटौती गरिएको छ र अन्य खानेपानी वर्गको डिमाण्ड शुल्क ३१ दशमलव ८२ प्रतिशत ले घटाइएको छ। त्यसैगरी सिंचाई वर्गको डिमाण्ड शुल्क हटाइएको छ भने बाँकी महसुल दर यथावत राखिएको छ।

– ६६ केभी लाइन मार्फत विद्युत खपत गर्ने औद्योगिक उपभोक्ताको इनर्जी शुल्कमा पिक, अफ पिक तथा अन्य समयमा क्रमशः ८ दशमलव ६० प्रतिशत, १४ दशमलव ४६ प्रतिशत तथा १० दशमलव ६७ प्रतिशत ले बृद्धि गरिएको छ। जसले गर्दा यस वर्गका उपभोक्ताले प्राधिकरणलाई तिर्नुपर्ने अतिरिक्त शुल्कमा क्रमशः ५६ दशमलव ४० प्रतिशत, ५० दशमलव ४० प्रतिशत तथा ५४ दशमलव ३३ प्रतिशत ले कमी आउन जान्छ।

–देशमा उत्पादित बिद्युतको बहुआयामिक उपयोग गर्न तथा आयातित पेट्रोलियम पदार्थ उपरको परनिर्भरता कम गर्न यातायातको लागि डिमाण्ड शुल्क नलाग्ने गरी नयाँ टाइम अफ डे (टिओडी) विद्युत महसुल दर कायम गरिएको छ। यसमा बर्षादको मौसममा अफ पिक समयमा पिक समय भन्दा करिब ४७ प्रतिशत सम्मले कम दर कायम गरिएको छ ।

–त्यसैगरी अन्य यातायातको हकमा बर्षादको मौसममा अफ पिक समयमा पिक समयको भन्दा करिब ६० प्रतिशत सम्मले कम दर कायम गरिएको छ।

पूर्ण विवरण हेर्नुस्:

[pdf id=222566]

Share News