काठमाडौं । नेपालको एक मात्र सामुन्द्रिक कार्गो ढुवानी गर्ने कम्पनी नेपाल सिपिङ्ग लाइन्सले कोरोना महामारी र लकडाउनको बीचमा पनि सेवा प्रवाह गरिरहेको जनाएको छ । नेपालको राष्ट्रिय झण्डा अंकित आप्mनै नेपाली कन्टेनरमा समुद्रपारबाट सामान आयात गर्न सक्रिय यस कम्पनीले विभिन्न मुलुकका बन्दरगाहहरुमा नेपाल सिपिङ लाइन्सका हजारौं कन्टेनरहरु अहिले ढुवानी सेवा दिइरहेको कम्पनीको सूचना अधिकारी भावना बलायरले बताइन् ।
उनको अनुसार कम्पनीले ८०० वटा आफ्नै कन्टेरबाट र १२०० भन्दा बढी कन्टेर आउटसोर्सिङ गरी सेवा प्रदान गर्दै आएको छ । निर्यात कार्गोका लागि विरगंजमा सयौं कन्टेनरहरु स्टकमा राखिएको छ । भारत र अन्य तेस्रो मुलुकबाट सामान आयात गर्न अहिलेको लकडाउनका बेला कठिनाइ उत्पन्न हुनसक्ने सम्भावनालाई ध्यानमा राखी छिटो छरितो रुपमा सामग्री आयत गर्न नेपाल सिपिङ लाइन्सले आप्mनो सेवालाई अझ प्रभावकारी बनाउने काम गरिरहेको उनले बताइन ।
कोरोना महामारीस“ग जुध्नका लागि आवश्यक पर्ने खाद्यान्न, औषधि र स्वास्थ्य सुरक्षाजन्य सामग्रीको आयात छिटो छरितो गर्न जरुरी छ । त्यसो हुन नसकेकमा मुलुकमा भयावह स्थिति सिर्जना नहोला भन्न सकिन्न । त्यसैले नेपालको पहिलो र एक मात्र सिपिङ कम्पनीको नाताले जिम्मेवारी पूर्वक सिपिङ लाइन्सले छिटो, छरितो र विश्वसनीय रुपमा सामान आयातका लागि सेवा सुचारु राखेको उनले बताइन् । ‘हामीले लकडाउन भएपछि पनि सेवा बन्द गरेका थिएनौं । अहिलेको विषम अवस्थामा थप प्रभावकारी सेवा दिइरहेको छौं’ उनले विकासन्युजस“ग भनिन् ।
त्यस्तै निर्यात गर्दा जुनसुकै समयमा पनि कन्टेनरहरु उपलब्ध हुनेभएकाले नेपालका निर्यातकर्ताहरुको समयको बचतका साथै कम ढुवानीदरमा झन्झटरहित निर्यात सम्भव भएको उनले बताए । ‘हाम्रो सेवाले निर्यात प्रबद्र्धनमा सहयोग पुगेको छ । विदेशी मुद्रा पलायनमा पनि कमी आएको छ’ उनले भनिन् ।
नेपाल सिपिङ्ग लाईन्सको सेवा लिंदा अग्रिम भुक्तानी गर्नुपर्ने झन्झटबाट पनि नेपाली आयातकर्ताहरु मुक्त हुनेछन् । साथै विदेशी मुद्रामा भुक्तानी गर्नु पर्ने झन्झट समेत रहने छैन । नेपाल सिपिङ लाइन्सको लक्ष्य गुणस्तरीय सेवा, प्रतिस्पर्धी ढुवानी दर रेट र कमभन्दा कम ट्रान्जिट समयमा सामान ढुवानी गर्नु हो । जसले गर्दा आयतकर्ताहरुको डिटेन्सन तथा अन्य सम्भावित खर्चमा समेत कमी आउनेछ । त्यसमाथि, आयातकर्ताहरुलाई डेलिभरी अर्डर पनि नेपालमै दिने व्यवस्था गरिएको उनको भनाई छ ।

डेढ वर्षअघि सञ्चालनमा आएको यो कम्पनीको प्रवद्र्धक प्रभु समूह हो । नेपाल सरकारको सुखी नेपाली र समृद्ध नेपालको चाहाना पूरा गर्न आवश्यकता अनुसार कन्टेनरहरुबाट ढुवानी सेवा संचालन भएको र संकटको बेलामा पनि नियमित सेवा दिन सकेको कम्पनीको अध्यक्ष देवीप्रकाश भट्टचनले बताए । ‘यसरी नेपाल सिपिङ्ग लाईन्सले अर्थतन्त्रमा ठूलो योगदान पुर्याउनेछ । निकट भविष्यमा नै नेपालको आफ्नै जलमार्ग कोशी तथा गण्डक क्षेत्रमा नेपाली पानीजहाजबाट सेवा विस्तार गर्न सोचमा छौं’ भट्टचनले भने ।
कुल गृहस्थ उत्पादनको ५५ प्रतिशत विदेशसँग सम्बन्धित आयत–निर्यातमा निर्भर रहेकोमा ९९ प्रतिशत आयात तथा निर्यात विदेशी सिपिङ्ग तथा ढुवानी कम्पनीहरुमा निर्भर रहेको हुँदा नेपाली कम्पनीहरुलाई पनि यस्ता व्यवसायहरुमा संलग्न गराउनका साथै नेपाललाई पनि समुद्रसँग पहुँच भएको राष्ट्रको रुपमा विकास गर्ने सरकारको भिजनमा सहयोग गर्ने कम्पनी भनाई छ । कलकत्ता र विषखापटममा कन्टेनर सेवा दिईरहेको यो कम्पनीले युरोप, अष्ट्रलिया, अमेरिकासम्म सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।