
काठमाडाैं । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढ्ने क्रम जारी रहेकाे छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा १ हजार ५ रुपैयाँले बढेर ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य ८८ हजार १ सय ६० रुपैयाँ थियो।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।