दुई वटा रेल खरिद सम्बन्धमा नेपाल र भारत सरकारबीच शुक्रबार सम्झौता

<p>काठमाडौं । नेपालका लागि दुई वटा रेल खरिद गर्ने नेपाल सरकार र भारत सरकारबीच शुक्रबार सम्झौता भएको छ । नेपालको तर्फबाट रेल विभागका महानिर्देशक बलराम मिश्र र भारत सरकारको कोकन रेल्वे कर्पोरेसन प्रतिनिधिबीच दुई वटा डीईएमयू (डिजेल इलेक्ट्रिक मल्टिपल यूनिट) रेल खरिद गर्ने सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव मधुसुधन अधिकारी [&hellip;]</p>

काठमाडौं । नेपालका लागि दुई वटा रेल खरिद गर्ने नेपाल सरकार र भारत सरकारबीच शुक्रबार सम्झौता भएको छ । नेपालको तर्फबाट रेल विभागका महानिर्देशक बलराम मिश्र र भारत सरकारको कोकन रेल्वे कर्पोरेसन प्रतिनिधिबीच दुई वटा डीईएमयू (डिजेल इलेक्ट्रिक मल्टिपल यूनिट) रेल खरिद गर्ने सम्झौता भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव मधुसुधन अधिकारी र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंहको उपस्थितिमा शुक्रबार भारतमा उक्त सम्झौता भएको हो । नेपालको रेल विकासको क्रममा २०७६ साल बैशाख २७ गते ऐतिहासिक दिन भएको महानिर्देशक मिश्रको भनाई छ ।

 जनकपुर–जयनगर रेल सञ्चालन गर्न नयाँ रेल खरिद गर्न रेल विभागकाे प्रस्तावलाइ सरकारले स्वीकृति दिएकाे करिब दुई महिनापछि रेल विभागले सम्झौता गरेकाे हाे । मन्त्रिपरिषद्ले चैतमा कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न विभागलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

Share News