सिद्धार्थ बैंकका सेयरधनीले १३ प्रतिशत लाभांश पाउने, पुँजी ८ अर्ब ८८ करोड नाघ्याे

<p>काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको सोमबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले कम्पनी संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । सभाले बैंकको चुक्ता पुँजीको ८.१६ प्रतिशतले नगद लाभांश(कर समेत) र ५ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको सोमबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले कम्पनी संचालक समितिको प्रस्तावलाई पारित गरेको हो ।

सभाले बैंकको चुक्ता पुँजीको ८.१६ प्रतिशतले नगद लाभांश(कर समेत) र ५ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ नाघ्ने छ । साथै, गत मंसिर मसान्तसम्ममा बैंकले १०६ अर्ब निक्षेप संकलन गरेको छ भने ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

Share News