सिटिजन्स बैंक र सिद्धि पोलि प्याथल्याब बिच सहकार्य

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धि पोलि प्याथल्याब बिच सहकार्य सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा प्याथल्याबका तर्फबाट उक्त ल्याबका डाईरेक्टर डा विश्व श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट कार्ड वाहक ग्राहकहरुले सिद्धि पोलि प्याथल्याबको प्रयोगशालामा जाँच [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धि पोलि प्याथल्याब बिच सहकार्य सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा प्याथल्याबका तर्फबाट उक्त ल्याबका डाईरेक्टर डा विश्व श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट कार्ड वाहक ग्राहकहरुले सिद्धि पोलि प्याथल्याबको प्रयोगशालामा जाँच गराउदा बिशेष छुट पाउने भएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएका छन् ।

आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएमकार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु  उपलब्ध गराउँदै आएको छ ।

Share News