एनआईसी एशिया बैंकको भिषा कार्डबाट सामान किन्नुस्, १० प्रतिशतसम्म पैसा र्फिता पाउनुस्

<p>काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपालभित्र भिषाको सहकार्यमा पीओएस मेसिनमा यस बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ । यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागि मात्र लागु हुनेछ । यस अवधिमा बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पीओएस मेसिनमार्फत कुनै किसिमको सामान वा [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपालभित्र भिषाको सहकार्यमा पीओएस मेसिनमा यस बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ ।

यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागि मात्र लागु हुनेछ । यस अवधिमा बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पीओएस मेसिनमार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको क्यास ब्याक पाईने छ ।

योजना अन्तर्गत प्रथम कारोबारमा कारोबार रकमको २ प्रतिशत वा बढिमा १०० रुपैयाँ क्यास ब्याक पाइने छ । दोस्रो कारोबारमा कारोबार रकमको ४ प्रतिशत वा बढिमा २०० रुपैयाँ र तेस्रो कारोबारमा कारोबार रकमको ६ प्रतिशत वा बढिमा ३०० रुपैयाँ क्यास ब्याक पाइने बैंकले जनाएको छ ।

चौथो कारोबारमा कारोबार रकमको ८ प्रतिशत वा बढिमा ४०० रुपैयाँ र पाँचौ कारोबारमा कारोबार रकमको १० प्रतिशत वा बढिमा ५०० रुपैयाँ क्यास ब्याक पाइने छ । त्यस्तै, एक महिनामा प्रतिकारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र क्यास ब्याक हुने बैंकले बताएको छ ।

यस योजनाबाट बैंकको ४ लाख ५० हजारभन्दा बढि भिषा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Share News