कृषि विकास बैंकले माग्यो नयाँ सीईओ, तलब २ लाख ५० हजार रुपैंया मात्र हुने

<p>काठमाडौं । कृषि विकास बैंकले खुल्ला प्रतिस्पर्धा मार्फत् नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्ने भएको छ । वर्तमान प्रमुख कार्यकारी अधिकृत लीलप्रकाश सिटौलाको समयावधि सकिनै लागेपछि खुल्ला प्रतिस्पर्धाद्वारा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि बैंकले सार्वजनिक आह्वान गरेको छ । सिटौलाको समयावधि आगामी पुस सकिँदैछ । सिटौलालाई २०७१ साल पुसमा नियुक्त गरिएको थियो । बैंकले [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकले खुल्ला प्रतिस्पर्धा मार्फत् नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्ने भएको छ । वर्तमान प्रमुख कार्यकारी अधिकृत लीलप्रकाश सिटौलाको समयावधि सकिनै लागेपछि खुल्ला प्रतिस्पर्धाद्वारा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि बैंकले सार्वजनिक आह्वान गरेको छ ।

सिटौलाको समयावधि आगामी पुस सकिँदैछ । सिटौलालाई २०७१ साल पुसमा नियुक्त गरिएको थियो ।

बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन र कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्ति सम्बन्धि कार्यविधि २०७५ लाई समेत आधार मानी सोही अनुसार न्यूनतम योग्यता भएका व्यक्तिहरुलाई आवेदन दिन सक्ने जनाएको छ । आवेदकले व्यवस्थापन, अर्थशास्त्र, गणित वा सो सरहका विषयहरुमा कम्तीमा स्नातकोत्तर उर्तीण गरी बैंक तथा वित्तीय संस्था, सरकारी संस्था वा अन्य संगठित संस्थाको व्यवस्थापनमा रहेर कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

प्रमुख कार्यकारी अधिकृतका उम्मेदवारहरुले आफू नियुक्त भए आफ्नो कार्यकालभरि गरिने कामहरुबारेको व्यवसायिक योजना तयार गरी मूल्याङ्कन समितिमा पेश गर्नुपर्नेछ । समितिले शैक्षिक योग्यता, व्यवसायिक योजना लगायतका विवरणको आधारमा बढीमा ५ जनासम्मलाई छनौट गरी अन्तर्वार्ताका लागि छनौट गरिने र तीमध्ये तीन जनालाई नियुक्तिका लागि बैंकको सञ्चालक समितिलाई सिफारिस गर्नेछ ।

नियुक्त हुने प्रमुख कार्यकारी अधिकृतले मासिक औसत २ लाख ५० हजार रुपैंया बराबरको पारिश्रमिक एवं अन्य सेवा सुविधाहरु प्राप्त गर्नेछन् । सामान्यतया निजी क्षेत्रका वाणिज्य बै‌कहरुकाे मासिक तलव  ८ लाख देखि २० लाख रुपैयाँ सम्म हुने गरेकाे छ । नियुक्त हुने प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ बर्षको हुनेछ ।

Share News