ग्लोबल आइएमई बैंकका ग्राहकलाई बयोधा अस्पतालमा विशेष छुट

<p>काठमाडौं । अब ग्लोबल आइएमई बैंकका ग्राहकले बयोधा अस्पतालमा विशेष छुट पाउने भएका छन् । हालै दुई संस्थाबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा ७ प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक सञ्चालन उत्तम थापा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र [&hellip;]</p>

काठमाडौं । अब ग्लोबल आइएमई बैंकका ग्राहकले बयोधा अस्पतालमा विशेष छुट पाउने भएका छन् । हालै दुई संस्थाबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा ७ प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक सञ्चालन उत्तम थापा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापश्चात बल्खुको बयोधा अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कम्पनीका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा सो मात्राको छुट पाउने छन् ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

Share News