काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भए उक्त लाभांश वितरण हुनेछ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रूपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रूपैयाँ ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ र साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित रहेकाे बैंकले जनाएकाे छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुरसम्म, हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट बैंकिङ्ग सेवा प्रदान गदै आएको छ । साथै, बैंकको देशभर १०५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।