ओखलढुङ्गाको सामुदायिक अस्पताललाई मेगा बैंकले प्रदान गर्याे एइडि मेशिन 

<p>काठमाडौं । मेगा बैंकले ओखलढुङ्गा सामदुायिक अस्पतालको लागि एइडि मेशिन हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरणनगरपालिका वडा नंं. ११ मा रहेको युनाइटेड मिशन टु नेपाललाई हस्तारन्तरण गरेको छ । मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ, डिपोजिट प्रमुखजेनु थापा तथा ओखलढुङ्गा शाखाका कर्मचारीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए [&hellip;]</p>

काठमाडौं । मेगा बैंकले ओखलढुङ्गा सामदुायिक अस्पतालको लागि एइडि मेशिन हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरणनगरपालिका वडा नंं. ११ मा रहेको युनाइटेड मिशन टु नेपाललाई हस्तारन्तरण गरेको छ ।

मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ, डिपोजिट प्रमुखजेनु थापा तथा ओखलढुङ्गा शाखाका कर्मचारीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए ।

मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सो अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक टुक बहादुर श्रीमलाई सो उपकरण हस्तान्तरण गरेका छन् ।

सो कार्यक्रममा बोल्दै श्रेष्ठले ओखलढुङ्गा क्षेत्रमा मेगा बैंकिङ्ग कारोबारको लागि मात्र नभई त्यस क्षेत्रको समृद्घिको लागि पनि निरन्तर लागिरहने प्रतिबद्घता व्यक्त गरेका छन् ।

नाजुक अवस्थामा अस्पताल पु¥याइएका बिरामीहरुको उपचारका क्रममा कृत्रिम श्वास प्रणालीबाट बिरामीहरुको मुटुको चालसंचालनमा ल्याई बिरामीहरुलाई पुनर्जीवन प्रदान गर्न सो उपकरणबाट महत्वपूर्ण सहयोग पुग्ने अस्पतालले जनाएको छ ।

Share News