सनराइज बैंकको नाफा २७ करोड, ब्याज आम्दानीको कमाल

<p>काठमाडौं । सनराइज बैंकको नाफा २७ करोड पुगेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा आफ्नो नाफा ७ करोडले वृद्धि गरेर २७ करोड पुर्याएको हो । सनराइज बैंकको नाफा ब्याज आम्दानीकै हिस्सा बढि देखिन्छ । गत आवको पहिलो त्रैमासिकमा ५१ करोडबाट ८३ करोड पुर्याएको देखिन्छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप भने ७५ [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकको नाफा २७ करोड पुगेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा आफ्नो नाफा ७ करोडले वृद्धि गरेर २७ करोड पुर्याएको हो ।

सनराइज बैंकको नाफा ब्याज आम्दानीकै हिस्सा बढि देखिन्छ । गत आवको पहिलो त्रैमासिकमा ५१ करोडबाट ८३ करोड पुर्याएको देखिन्छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप भने ७५ अर्बबाट घटेर ७४ अर्ब कायम भएको छ ।

८ अर्ब १५ करोड चुक्ता पुँजी भएको सनराइज बैंकको जगेडा कोषमा ३ अर्ब ७७ करोड रहेको छ । बैंकको आधार ब्याजदर १०.९७ प्रतिशत छ भने खराब कर्जा १.१२ प्रतिशत मात्रै रहेको छ । सनराइजको प्रति सेयर आम्दानी १६.२६ रुपैंयाँ रहेको छ ।

Share News