जनता बैंकको नाफा ३१६ प्रतिशतले बढ्यो, कसरी मार्यो छलाङ ?

<p>काठमाडौं । जनता बैंकको नाफा ३१६.६६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६ करोड नाफा कमाएको जनता बैंकले चालु आवको सोही अवधीमा भने २५ करोड पुर्याएको हो जुन ३१६.६६ प्रतिशले बढि हुन्छ । जनता बैंकले ब्याज आम्दानीबाट आफ्नो नाफा वृद्धि गरेको देखिन्छ । गत आवको पहिलो त्रैमासिकमा ५१ करोड ब्याज आम्दानी [&hellip;]</p>

काठमाडौं । जनता बैंकको नाफा ३१६.६६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६ करोड नाफा कमाएको जनता बैंकले चालु आवको सोही अवधीमा भने २५ करोड पुर्याएको हो जुन ३१६.६६ प्रतिशले बढि हुन्छ ।

जनता बैंकले ब्याज आम्दानीबाट आफ्नो नाफा वृद्धि गरेको देखिन्छ । गत आवको पहिलो त्रैमासिकमा ५१ करोड ब्याज आम्दानी गरेको बैंकले यसपाली ७९ कारोड पुर्याएको छ । ८ अर्ब चुक्ता पुँजी भएको जनताको जगेडा कोषमा २ अर्ब ३५ करोड रुपैंयाँ रहेको छ ।

जनता बैंकले तीन महिनामा ३ अर्बले निक्षेप वृद्धि गरेको देखिन्छ भने ४ अर्ब कर्जा बढाएको छ । आधार ब्याजदर ११.२२ प्रतिशत रहेका जनता बैंकको प्रति सेयर आम्दानी १६ रुपैंयाँ २५ पैसा रहेको छ ।

Share News