काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक बर्षको पहिलो ३ महिनामा नाफा ४२ प्रतिशतले बढाएर करोड पुर्याएको छ । अघिल्लो आवको सोही समयमा यो आकार ३३ करोड थियोे । उक्त अवधिका बैंकले निक्षेप र कर्जामा करिब ५÷५ अर्बको वृद्धि गर्दा खुद ब्याज आम्दानी ९८ करोड २६ लाख पुर्याएको छ ।
बैंकको पुँजी पर्याप्तता अनुपात १२.२१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.०८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७९.१४ प्रतिशत, कुल कोषको लागत ७.४८ प्रतिशत, आधार ब्याजदर १०.५५ प्रतिशत, ब्याजको स्प्रेडदर ४.४४ प्रतिशत, प्रतिशेयर आम्दानी २५.८८ रुपैंया, मुल्य आम्दानी अनुपात १३.१६ गुणा प्रतिशेयर नेटवर्थ १४१.३० रुपैंया रहेको छ ।