काठमाडौं । मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड ९१ लाख रुपैंया खुद मुनाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही समयका भन्दा करिब तेब्बर हो । अघिल्लो आवको अन्तिममा टुरिजम डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको बैंकले उक्त निक्षेपमा ३ महिनामा ३ अर्ब वृद्धि गर्दा कर्जा प्रवाह करिब ५ अर्बले बढाएको छ ।
बैंकले तीन महिनाको अवधिमा ९३ करोड ३३ लाख रुपैंया खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको पुँजी पर्याप्तता अनुपात १७.२७ प्रतिशत, निष्क्रिय कर्जा अनुपात १.०८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७९.६१ प्रतिशत, कुल कोषको लागत ७.५६ प्रतिशत, आधार ब्याजदर १०.५५ प्रतिशत, प्रतिशेयर आम्दानी १५.४४ प्रतिशत, मुल्य आम्दानी अनुपात १३.१४ गुणा प्रतिशेयर नेटवर्थ १२७.३० रुपैंया रहेको छ ।