नेपाल इन्भेष्टमेन्ट बैंक : तीन महिनामै ‘अर्बपति’

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै आफ्नो नाफा १ अर्ब रुपैंया कटाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १८ प्रतिशतले वृद्धि गरी १ अर्ब ५ करोड ४६ लाख पुयाएको हो । उक्त अवधिमा बैंकले १ खर्ब ४१ अर्ब निक्षेप संकलन गरी १ अर्ब २४ करोड रुपैंया कर्जा प्रवाह [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै आफ्नो नाफा १ अर्ब रुपैंया कटाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १८ प्रतिशतले वृद्धि गरी १ अर्ब ५ करोड ४६ लाख पुयाएको हो ।

उक्त अवधिमा बैंकले १ खर्ब ४१ अर्ब निक्षेप संकलन गरी १ अर्ब २४ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । तीन महिनाको अवधिमा बैंकले ३ अर्ब ७५ करोड रुपैंया ब्याज आम्दानी गरी २ अर्ब १५ करोड रुपैंया खर्च गर्दा खुद ब्याज आम्दानी १ अर्ब ५९ करोड रुपैंया कायम भएको छ ।

बैंकको पुँजी पर्याप्तता अनुपात १३.०२ प्रतिशत, निष्क्रिय कर्जा अनुपात १.२१ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.४५ प्रतिशत, कुल कोषको लागत ६.२७ प्रतिशत, आधार ब्याजदर ९.०३ प्रतिशत, ब्याजको स्प्रेडदर ४.५३ प्रतिशत, प्रतिशेयर आम्दानी ४०.१९ प्रतिशत, मुल्य आम्दानी अनुपात १६.०७ गुणा प्रतिशेयर नेटवर्थ २४८.३६ रुपैंया रहेको छ ।

Share News