नागबेली लघुवित्तले शतप्रतिशत हकप्रद पछि १६ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद पछि १६.११ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद जारी पश्चात कायम हुन आउने पुँजीमा सो मात्रा अर्थात २ करोड ४६ लाख ९६ हजार ५४१ रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, संस्थाले बोनस सेयरको कर प्रयोजनको लागि [&hellip;]</p>

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद पछि १६.११ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद जारी पश्चात कायम हुन आउने पुँजीमा सो मात्रा अर्थात २ करोड ४६ लाख ९६ हजार ५४१ रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै, संस्थाले बोनस सेयरको कर प्रयोजनको लागि ०.८४ प्रतिशत अर्थात १२ लाख ९९ हजार ८१८ रुपैयाँ नगद लाभांश वितरण गने प्रस्ताव गरेको हो । हालै सम्पन्न संस्थाको २५२औँ सञ्चालक समितिको बैठकले सो मात्राको बोनस र नगद गरी २ करोड ५९ लाख ९६ हजार ३५९ रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

Share News