काठमाडौं । सिनर्जी फाइनान्सलाई आफुमा गाभेपछि वेष्ट फाइनान्स कम्पनीको वित्तीय परिसूचकहरुमा भारी सुधार देखिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि वेष्टले सिनर्जीलाई आफूमा गाभेको थियो ।
३ महिनाको अवधिमा बैंकको निक्षेप २ अर्ब ७ करोड बढाउँदा कुल निक्षेपमा करिब १० गुणाको सुधार देखिएको छ । गत असार मसान्तमा सिनर्जी फाइनान्सको कुल निक्षेप २ अर्ब २ करोड थियो । उक्त समयमा फाइनान्सले १ अर्ब ७१ करोडले कर्जा प्रवाह गरेको देखिँदा त्यसमा सिनर्जी फाइनान्सको हिस्सा करिब शत प्रतिशत रहेको देखिन्छ ।
समस्याग्रस्त अवस्थाबाट माथि उठेको फाइनान्सले एक वर्षको अवधिमा आफ्नो निष्क्रिय कर्जा अनुपातलाई ८३.८८ प्रतिशतबाट झारेर २०.५० प्रतिशत कायम गरेको छ । बैंकको कुल कोष लागत १०.२७ प्रतिशत, सीसीडी अनुपात ७१.७८ प्रतिशत छ ।