प्राइममा विलय हुन लागेको ओम डेभलपमेन्ट बैंकको बढायो १३२ प्रतिशत नाफा

<p>काठमाडौं । प्राइम कमर्शियल बैंकमा विलयका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा १३२ प्रतिशतले बढाएर ८ करोड ६८ लाख पुर्याएको छ । बैंकले अघिल्लो वर्षको सोही समयमा ३ करोड ७४ लाखमात्र खुद नाफा कमाएको थियो । बैंकले यस आवको पहिलो त्रैमासमा गरेको नाफा प्रतिशेयर १३.८१ [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्शियल बैंकमा विलयका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा १३२ प्रतिशतले बढाएर ८ करोड ६८ लाख पुर्याएको छ । बैंकले अघिल्लो वर्षको सोही समयमा ३ करोड ७४ लाखमात्र खुद नाफा कमाएको थियो । बैंकले यस आवको पहिलो त्रैमासमा गरेको नाफा प्रतिशेयर १३.८१ रुपैंया हो । अघिल्लो वर्ष ९.११ रुपैंया प्रतिशेयर आम्दानी रहेको बैंकले नाफामा भारी वृद्धि गरे पनि पुँजी वृद्धिका कारण सोही अनुपातमा प्रतिशेयर आम्दानी नबढेको हो । एक वर्षको अवधिमा बैंकले चुक्ता पुँजी १ अर्ब ६४ करोडबाट बढाएर २ अर्ब ५१ करोड पुर्याएको छ ।

उक्त अवधिमा बैंकले निक्षेप संकलनतर्फ ४ अर्ब ७६ करोड वृद्धि गर्दा कर्जा प्रवाह ४ अर्ब ७७ करोडले बढाएको छ । यसो गर्दा बैंकको कर्जा निक्षेप अनुपात ७५.२७ प्रतिशत कायम भएको छ ।

अघिल्लो वर्ष ब्याज स्प्रेडदर ४.८९ प्रतिशत रहेको बैंकले यो दर ५.९१ प्रतिशत पुर्याउँदा खुद ब्याज आम्दानीमा ९ करोड २५ लाख बढाएको छ । आम्दानीसँगै बैंकको सञ्चालन खर्चमा समेत ५७ प्रतिशतले बढाउँदै २ करोड ९५ करोड पुर्याएको छ ।

बैंकको पुँजी पर्याप्तता अनुपात १६.२७ प्रतिशत, निष्क्रिय कर्जा अनुपात, लगानी कोषको लागत ८.६९ प्रतिशत, आधार ब्याजदर ११.९८ प्रतिशत, मूल्य आम्दानी अनुपात १४.२७ गुणा र प्रारम्भिक पुँजीको प्रतिफल १०.६३ प्रतिशत छ ।

Share News