ओम डेभलपमेन्ट बैंक प्राप्ति गर्न प्राइम बैंकले पायो राष्ट्र बैंकको सैद्धान्तिक सहमति

<p>काठमाडौं । प्राइम कमर्शियल बैंकले ओम डेभलपमेन्ट बैंक एक्विजिशन(प्राप्ति)को लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । यो सहमतिसंगै अब यो प्रकृयाले तिव्रता पाउने कम्पनीले जनाएको छ । अब सैद्धान्तिक सहमति पाएको ३ महिनाभित्रै आवश्यक प्रक्रिया सम्पन्न गरेर अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा फेरि संयुक्त निवेदन पेश गर्नुपर्ने छ । प्राप्तिको अन्तिम स्वीकृतिका [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्शियल बैंकले ओम डेभलपमेन्ट बैंक एक्विजिशन(प्राप्ति)को लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।

यो सहमतिसंगै अब यो प्रकृयाले तिव्रता पाउने कम्पनीले जनाएको छ । अब सैद्धान्तिक सहमति पाएको ३ महिनाभित्रै आवश्यक प्रक्रिया सम्पन्न गरेर अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा फेरि संयुक्त निवेदन पेश गर्नुपर्ने छ । प्राप्तिको अन्तिम स्वीकृतिका लागि दुवै संस्थाको एकीकृत पुँजीकोष राष्ट्र बैंकको निर्देशन बमोजिम पर्याप्त हुनुपर्ने छ ।

त्यस्तै, प्राइमले ओमलाई प्राप्ति पश्चात क वर्गको प्राइम कमसिर्यल बैंक कायम भई एकीकृत कारोबार सञ्चालन गर्ने प्रक्रिया अगाडी बढ्ने कम्पनीले जनाएको छ ।

Share News