काठमाडौं। स्ट्याडर्ड चार्टर्ड बैंकले सेयरधनीलार्इ १७.५ प्रतिशत नगद लाभांसकाे प्रस्ताव गरेको छ।
बैंकको ३७६औ संचालक समितिको बैंठकले शनिवार गत आर्थिक वर्षको नाफाबाट नगद लाभांस दिने निर्णय गरेको हो।
बैंकले गत आर्थिक वर्षमा दुर्इ अर्ब ७ करोड रुपैयाँ नाफा गरेको थियो।
बैंकको चुक्ता पूँजी ८ अर्ब एक करोड रुपैयाँ रहेको छ। चुक्ता पूँजीका आधारमा बैंकले एक अर्ब ४० करोड रुपैयाँ नगद लाभांस बाड्ने छ।
बैंकले गत आर्थिक वर्ष चुक्ता पूँजी बढाउने क्रममा सत् प्रतिशत बोनस शेयर दिएको थियो। बैंकले गत वर्ष १०० प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे । पुँजी वृद्धि पछि बैंकहरूकाे लाभांश दरमा गिरावट देखिएकाे छ ।