मुक्तिनाथ विकास बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, निष्क्रिय कर्जा शुन्य

<p>काठमाडाैं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब ४८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले सो त्रैमासमा २० करोड ३ लाख रुपैंया खुद मुनाफा कमाएको छ, यो आम्दानी प्रतिशेयर ३०.९३ रुपैंया बराबरको हो । अघिल्लो आवको सोही समयमा बैंकको नाफा १३ करोड ५४ लाख रुपैंया थियो । बैंकले सो अवधिमा कुल निक्षेप [&hellip;]</p>

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब ४८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले सो त्रैमासमा २० करोड ३ लाख रुपैंया खुद मुनाफा कमाएको छ, यो आम्दानी प्रतिशेयर ३०.९३ रुपैंया बराबरको हो । अघिल्लो आवको सोही समयमा बैंकको नाफा १३ करोड ५४ लाख रुपैंया थियो ।

बैंकले सो अवधिमा कुल निक्षेप बढाएर ३३ अर्ब २५ करोड रुपैंया पुर्याउँदा २८ अर्ब ८५ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा बैंकको निक्षेप संकलन १९ अर्ब ५४ करोड थियो भने कर्जा लगानी १६ करोड ८० करोड रुपैंया थियो ।

बैंकले तीन महिनाको अवधिमा ४२ करोड ५७ लाख रुपैंया खुद ब्याज आम्दानी गर्दा निष्क्रिय कर्जा अनुपातलाई ०.०२ प्रतिशतमा कायम राखेको छ, यो नगन्य प्रतिशत हो ।

बैंकको लगानीयोग्य कोषको लागत ८.३३ प्रतिशत र आधार ब्याजदर ११.८९ प्रतिशत हुँदा ब्याजदरको स्प्रेडदर ६.४४ प्रतिशत कायम गरेको छ । लघुवित्त सेवातर्फ ठूलो लगानी गरेको उक्त बैंकको उक्त स्प्रेडदर धेरै देखिए पनि लघुवित्त सेवालाई त्यसबाट अलग गराउँदा बैंकको स्प्रेडदर ४.८५ प्रतिशत मात्र रहेको बैंकले जनाएको छ ।
त्रैमासको अन्त्यमा ३९६ रुपैंया शेयरमूल्य रहेको बैंकको सो मूल्यका आधारमा मूल्य आम्दानी अनुपात १२.८१ प्रतिशत रहेको छ ।

Share News