
काठमाडौं । सनराइज बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । “सनराइज डिबेञ्चर २०८०” (ऋणपत्र) जारी गर्न बैंकले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा आइतबार बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोलाप्रसाद पाठकले सम्झौतामा हस्ताक्षर गरेका छन् । पाँच वर्षमा परिपक्व अवधि रहेको उक्त ऋणपत्रले वार्षिक दश प्रतिशत ब्याज प्रदान गर्नेछ भने व्याज भुक्तानी अर्धबार्षिक रुपमा हुने सनराईज बैंकले जनाएको छ ।
बैंकले निष्काशन गर्ने कूल ऋण पत्र मध्ये ८० प्रतिशत अर्थात ८० करोड रुपैँया बराबरको ८ लाख कित्ता प्राइभेट प्लेसमेण्ट मार्पmत बिक्री गरिनेछ भने २० प्रतिशत अर्थात २० करोड रुपैँया बराबरको २ लाख कित्ता सर्वसाधारणलाई खुल्ला गरिनेछ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०२ वटा शाखा, २४ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११० वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । असोज मसान्तमा बैंकको कुल निक्षेप ७५ अर्ब ७९ करोड रहेको छ भने कुल कर्जा ६६ अर्ब ८२ करोड रहेको छ ।