काठमाडौं । एनआईसी एशिया बैंकले आउँदै गरेको शुभ-दिपावलीको उपलक्ष्यमा ‘नछुटोस् छुट पाउने मौका’ भन्ने मूल नाराका साथ नयाँ योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत ग्राहकले कुनै पनि सामान खरिद गरी यसको भुक्तानीमा बैंकको मोबाइल बैंकिङ्ग तथा क्यिु आर कोड माध्यमबाट कारोबार गर्दा ५ प्रतिशत वा ५०० रुपैयाँसम्मको छुट पाउने छन् ।