शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २४ रुपैंया

<p>काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफामा ४८ प्रतिशत वृद्धि गरी ९ करोड ६७ लाख रुपैंया पुर्याएको छ । बैंकले अघिल्लो वर्ष ६ करोड ५० लाख रुपैंया बराबरको नाफा आर्जन गरेको थियो । बैंकले अघिल्लो [&hellip;]</p>

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफामा ४८ प्रतिशत वृद्धि गरी ९ करोड ६७ लाख रुपैंया पुर्याएको छ । बैंकले अघिल्लो वर्ष ६ करोड ५० लाख रुपैंया बराबरको नाफा आर्जन गरेको थियो ।

बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यको तुलनामा निक्षेपमा समेत सोही अनुपातले वृद्धि गरेको छ । बैंकले निक्षेप १० अर्ब ९३ करोड रुपैंयाबाट बढाएर १५ अर्ब २५ करोड रुपैंया पुर्याएको छ । त्यस्तै कर्जा लगानीमा समेत बैंकले ४० प्रतिशतले वृद्धि गरी ९ अर्ब ६६ करोडबाट १३ अर्ब ५७ करोड रुपैंया पुर्याएको छ । सो अवधिमा बैंकको खुद ब्याज आम्दानी समेत करिब ३८ प्रतिशतले वृद्धि २० करोड १३ लाख रुपैंया पुर्याएको छ । सो अवधिमा बैंकले निष्क्रिय कर्जा अनुपातलाई ०.५३ प्रतिशतबाट झारेर ०.११ प्रतिशतमा ल्याएको छ ।

बैंकको प्रतिशेयर आम्दानी २३.८५ रुपैंया प्रतिशेयर नेटवर्थ १२६ रुपैंया र मूल्य आम्दानी अनुपात ९.८५ रुपैंया छ । बैंकको कर्जा निक्षेप अनुपात ७८.५१ प्रतिशत पुगेको छ ।

रुपन्देही जिल्ला बुटवल मुख्य कार्यालय रहेकाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १० जिल्ला कार्यक्षेत्र भएकाे विकास बैंक हाे । १ अर्ब ६२ कराेड चुक्ता पुँजी भएकाे उक्त बैंकले माेफसलमा रहेर पनि बैकका वित्तीय परिसूचकहरु राष्ट्रियस्तरका बैंकहरुसँग प्रतिस्पर्धा गर्ने स्तरकाे छ ।

Share News