मिसन डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस र ३० लाख नगद लाभांश दिने

<p>काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत अर्थात ३० लाख ६ हजार ३५९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र [&hellip;]</p>

काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत अर्थात ३० लाख ६ हजार ३५९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत अर्थात कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५१ करोड ९२ लाख रुपैयाँ रहेको छ । कम्पनीले उक्त पुँजीको ११ प्रतिशत अर्थात ५ करोड ७१ लाख २० हजार ८२२ रुपैयाँ बानेस वितरण गर्न लागेको हो ।

Share News