
काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले ४ अर्ब रुपैंया बजारको ट्रेजरी बिल जारी गर्दैछ । सरकारले बजेटमार्फत् ल्याएको आन्तरिक ऋण मार्फत् स्रोत परिचालनका लागि खर्च जुटाउने उद्देश्यले उक्त बिल जारी गर्न लागेको हो ।
बैंकले ९१ दिन र ३६४ दिनमा परिपक्व हुने २/२ अर्बका गरी कुल ४ अर्ब बराबरको नवीकरणीय प्रकृतिका ट्रेजरी बिलका लागि छुट दर बोलकबोल गर्न आह्वान गरेको छ । उक्त बोलकबोल सोमबार ३ बजे खुल्नेछ ।
बैंकले गत साता पनि ९१ दिन, १८२ दिन र २६४ दिन परिपक्व अवधि भएका करिब २७ अर्ब बराबरको ट्रेजरी बिलहरु बजारमा बिक्री गरेको थियो । वाणिज्य बैंकहरुले ९१ दिने बिलमा औसत २.३५३४ प्रतिशत, १८२ दिने बिलमा औसत २.९११२ प्रतिशत र ३६४ दिने बिलमा औसत ३.०९२६ प्रतिशतको ‘डिस्काउन्ट रेट’ प्रस्ताव गरी उक्त बिल खरिद गरेका थिए ।