स्वावलम्बन विकास केन्द्रको २७ औं साधारण सभा सम्पन्न

<p>काठमाडौं । लघुवित्त कार्यक्रम संचालनमा नेपालको अनुमति प्राप्त पहिलो गैर सरकारी संस्था स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिक साधारणसभा कार्तिक ९ गते काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन सहितको २०७५ आषाढ मसान्तको वासलात पास गर्नुको साथै, ०७५/७६ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ [&hellip;]</p>

काठमाडौं । लघुवित्त कार्यक्रम संचालनमा नेपालको अनुमति प्राप्त पहिलो गैर सरकारी संस्था स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिक साधारणसभा कार्तिक ९ गते काठमाडौंमा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन सहितको २०७५ आषाढ मसान्तको वासलात पास गर्नुको साथै, ०७५/७६ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

सभामा अध्यक्ष शंकरमान श्रेष्ठले केन्द्रको स्थापनाको औचित्य एवं नेपालको गरिवी निवारणको लागि लघुवित्त मार्फत गरेको कामको अनुभव र नेपालमा हाल लघुवित्तको स्थिति बारे दृष्टिकोण राखेका थिए । केन्द्रको हालको प्रबन्ध समितिको कार्यकाल समाप्त भएकोले सभाले सर्वसम्मत नयाँ प्रबन्ध समिति समेत चयन गरेको छ ।

Share News