
काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न छ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता बोनस सेयर कारोबारका लागि सूचीकृत भएका छन् ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार विभिन्न वित्तीय संस्थाको बोनस र हकप्रद सेयर बजारमा सूचीकृत भएको हो । स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४÷०७५ को नाफाको आधारमा सो बैंकले सेयरधनीलाई लाभान्स शेयर दिएको हो ।
प्रभु इन्सुरेन्स कम्पनीको पनि ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । स्टकका अनुसार समिट लघुवित्त वित्तीय संस्थाको ८ हजार ४४० कित्ता हकप्रद सेयर यसै साता सूचीकृत भएको हो । सूर्या लाइफको पनि १२ लाख १२ हजार ७५० कित्ता लाभान्स सेयर सूचीकृत भएको छ
पोखरा फाइनान्सको छ लाख २२ हजार ९३३ कित्ता र समिट लघुवित्त वित्तीय संस्थाकै २ लाख ५० हजार कित्ता लाभान्स सेयर सूचीकृत भएका छन् । यही कात्तिक ४ गते १ हजार २४६.५२ बिन्दुमा रहेको कारोवार मापक नेप्से परिसूचक कारोवारको अन्तिम दिन कात्तिक ८ गते १ हजार २४१ दशमलब ११ बिन्दुमा पुगेको छ । यस्तै साताको पहिलो दिन क वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २६५.२८ बिन्दुमा रहेकामा अन्तिम दिन घटेर २६४ बिन्दुमा पुगेको छ । रासस