मुक्तिनाथ विकास बैंकको शाखा विर्तामोड र धरानमा विस्तार, कुल शाखा ९५ वटा

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले झापा जिल्लाको बिर्तामोड र सुनसरी जिल्लाको धरानमा दुई शाखा कार्यालय विस्तार गरेको छ । बिर्तामोड शाखाको समुद्घाटन बिर्तामोड नगरपालिकाका मेयर धुर्व कुमार सिवाकोटी र धरान शाखाको समुद्घाटन सुनसरी जिल्ला उद्योग वाणिज्य संघकाअध्यक्ष राजेन्द्र शाह गरेका छन् । शाखाकार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथिहरुले बैंकको प्रगतिको कामना गर्नु हुँदै बैंकिङ्ग व्यवसाय [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले झापा जिल्लाको बिर्तामोड र सुनसरी जिल्लाको धरानमा दुई शाखा कार्यालय विस्तार गरेको छ । बिर्तामोड शाखाको समुद्घाटन बिर्तामोड नगरपालिकाका मेयर धुर्व कुमार सिवाकोटी र धरान शाखाको समुद्घाटन सुनसरी जिल्ला उद्योग वाणिज्य संघकाअध्यक्ष राजेन्द्र शाह गरेका छन् ।

शाखाकार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथिहरुले बैंकको प्रगतिको कामना गर्नु हुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे । समुद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवीहरुको उपस्थिति रहेको थियो
।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १७ वटा ए.टि.एम. र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एबिबिएस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । हालै बैंकले आकर्षक विशेषता सहितको नगद फिर्ता आवास कर्जा योजना सञ्चालनमा ल्याएको सूचना अधिकृत तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

Share News