ग्लोबल आइएमई बैंकका ग्राहकलाई लेखनाथ सिटि हस्पिटलमा २५ प्रतिशत छुट

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले कास्कीमा रहेको लेखनाथ सिटि हस्पिटलमा २५ प्रतिशत छुट पाउने भएका छन् । सो हस्पिटलमा उपचार गर्दा बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले उक्त छुट पाउने भएका हुन् । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाको उपस्थितिमा बेगनास शाखाको शाखा [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले कास्कीमा रहेको लेखनाथ सिटि हस्पिटलमा २५ प्रतिशत छुट पाउने भएका छन् । सो हस्पिटलमा उपचार गर्दा बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले उक्त छुट पाउने भएका हुन् ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाको उपस्थितिमा बेगनास शाखाको शाखा प्रबन्धक दिनेश अधिकारी र लेखनाथ सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरेका छन् ।

Share News