नेपाल बङ्गलादेश बैंकको थप दुई शाखा बुलिङ्गटार र रामपुरमा

<p>काठमाडौं। नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७९ र ८० औं शाखाहरु संचालनमा ल्याएको छ । बैंकले आश्विन २१ गतेबाट नवलपरासी जिल्लाको बुलिङ्गटारमा बैँकका सञ्चालक दिपक कार्कीद्वारा उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ भएको छ। त्यसैगरी आश्विन २२ गतेबाट सल्यान जिल्लाको रामपुर,कालिमाटिमा बैँकका सञ्चालक मुकुन्द नाथ ढुङ्गेलद्वारा एक समारोह बिच नया शाखाको शुभारम्भ भएको [&hellip;]</p>

काठमाडौं। नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७९ र ८० औं शाखाहरु संचालनमा ल्याएको छ । बैंकले आश्विन २१ गतेबाट नवलपरासी जिल्लाको बुलिङ्गटारमा बैँकका सञ्चालक दिपक कार्कीद्वारा उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ भएको छ।

त्यसैगरी आश्विन २२ गतेबाट सल्यान जिल्लाको रामपुर,कालिमाटिमा बैँकका सञ्चालक मुकुन्द नाथ ढुङ्गेलद्वारा एक समारोह बिच नया शाखाको शुभारम्भ भएको थियो। बैँकले यस् क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो। साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

Share News