
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृती र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण हुने संस्थाले जनाएको छ ।