
एजेन्सी । डलरसंग भारु झनै कमजोर भएको छ । भारतमा डलर भाउ बढेर बुधबार ७३.३४ भारु पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको र आयातकर्ताले डलर माग बढाएपछि भारु कमजोर हुन पुगेको हो ।
मंगलरबार भारु ७२.९१ र मंगलबार ७३.२६ थियो । बुधबार पनि बढेको छ । आयातकर्ताबाट डलरको धेरै माग भएपछि भारतको चालुखाता घाटा झनै बढ्ने विश्लेषकले चेतावनी दिएका छन् ।
भारु कमजोर भएपछि यसको असर नेपालमा पनि पर्ने गरेको छ । भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर निर्धारण भएकाले भारु कमजोर हुन साथ नेपाली रुपैयाँ कमजोर हुने गरेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि १ डलर बराबर ११६ रुपैयाँ ९६ पैसा बिक्री दर तोकेको छ ।