
काठमाडौं। लक्ष्मी बैंकले आईतबार पशुपतिनाथमा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो ।
यो टेम्पो पशुपतिनाथ मन्दिर परिसर भित्र र विषेश गरी बृद्ध र अशक्त भक्तजनहरुको निःशुल्क आवतजावतका लागि सञ्चालन हुनेछ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको एक कार्यक्रमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अजय विक्रमशाहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलार्इ सफा टेम्पोको साँचो हस्तान्तरण गरेपछी सेवाको शुभरम्भ भएको हो।