काठमाडौं । बजार घटेको दिन कुमारी बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बुधबार बजार २.३१ प्रतिशतले घटेको छ । बैंकिङ समूकको सेयर मूल्य घटेका बेला कुमारी सेयर मूल्य स्थिर रहेको छ । साउन २७ गतेयता कुमारीको सेयर मूल्य निरन्तर बढी रहेको छ ।
बुधबार कुमारीको सेयर प्रतिकित्ता २६० रुपैयाँमा सेयर किनबेच भएको छ । बुधबार कुमारीको ६ करोड २७ लाख रुपैयाँ बराबरको २ लाख ४१ हजार ४८८ कित्ता सेयर कारोबार भएको छ । कुमारीको सेयर मूल्य सस्तो भएकाले लगानीकर्ता झुम्मिएको ब्रोकरको भनाई छ । यस्तै एनएमबी बैकको पनि प्रतिकित्ता ३७३ रुपैयाँ ६ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बुधबार बजार घटे पनि ९१ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जीवन बीमा बाहेक सबै क्षेत्रको परिसुचक घटेको छ । बजार घटेका बेला समता माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।