
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्टार सम्बन्धित सबै काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्ने भएको छ ।
एसबीआईले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने छ । शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि मिर्मिरे र नेपाल एसबीआईबीच सम्झौता भएको छ ।
नेपाल एसबिआईका प्रबन्ध संचालक रमेश घिमिरे र मिर्मिरेका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीश्वर देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।