
काठमाडौं । नेपाल बैंकको थप निष्कासन (एफपीओ) बाँडफाँड भएको छ ।
आवेदन परेको ९३ लाख ७५ हजार ७५० कित्ता एफपीओ बाँडफाँड भएको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
कुल निष्कासन गरिएको ४ अर्ब ९५ करोड रुपैयाँमा २ अर्ब ६२ करोड रुपैयाँ मात्र बिक्री भएको छ । यसमा पनि कर्मचारी संचय कोषले १ अर्ब रुपैयाँ लगानी गरेको छ ।
बाँकी एफपीओ ८ वटा अण्डराइटरले सकार्ने छन् । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ७५० कित्ता एफपीओ निष्कासन गरेको थियो ।