
काठमाडौं । माछापुच्छे बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । बैंकको करोड ८७ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । बैंकको ३ लाख ३५ हजार कित्ता सेयर कारोबार भएको छ ।
यसैगरी धितोपत्र बजारमा यस साता १ अर्ब ७ करोड ६७ लाख ४८ हजार बराबरको सेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८१ कम्पनीको ४० लाख ८४ हजार ५२० कित्ता सेयर खरीद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा १.९४ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीको १ अर्ब ५ करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरका ३९ लाख ४५ हजार ७६० कित्ता शेयर खरीद बिक्री भएका थिए । रासस