रियल इस्टेटमा संकट गहिरिँदा चीनको अर्थतन्त्रमा ठूलो जोखिम
काठमाडौं । चीनको रियल इस्टेट संकट झन् गहिराइमा गइरहेको छ । विगत ४ वर्षदेखि चीन सरकारले यसलाई समाधान गर्न सकेको छैन र यसको कारणले पूरै अर्थतन्त्र डुब्ने खतरा कायम छ । अक्टोबरमा नयाँ घरको मूल्यमा ०.४५ प्रतिशत गिरावट आएको छ, जुन यस वर्षको सबैभन्दा ठूलो गिरावट हो । साथै रिसेल घरको मूल्यमा पनि ०.६६ प्रतिशत कमी आएको छ, जुन १३ महिनामा सबैभन्दा बढी हो । एक सर्वेक्षणअनुसार देशका ७० प्रमुख सहरमा नयाँ र रिसेल घरको मूल्यमा गिरावट आएको छ, जसले सम्पूर्ण रियल स्टेट क्षेत्रको कमजोरी उजागर गरेको छ । विशेषज्ञहरूको भनाइअनुसार चीनमा नयाँ घरको माग लगातार घटिरहेको छ जसका कारण मूल्यमा गिरावट आएको हो । चाइना इन्डेक्स एकेडेमीले २६० सहरमा गरेको सर्वेक्षणअनुसार साना सहरहरूमा होम पर्चेजिङ कन्फिडेन्स गत महिनाको तुलनामा २.९ प्रतिशत कम भएको छ । चीनको अर्थतन्त्रमा रियल स्टेट क्षेत्रको करिब एक तिहाई (६ ट्रिलियन डलर) योगदान छ । यस क्षेत्र डुब्दा बैंकिङ क्षेत्रलाई पनि नोक्सान पुग्न सक्छ । बैंकहरूले रियल स्टेट क्षेत्रमा धेरै ऋण दिएको छन् । भक्सचाइनाको विश्लेषण अनुसार लगभग २५ प्रतिशत बैंकहरूको सम्पत्ति रियल इस्टेटसँग सम्बन्धित छ । चीनको रियल इस्टेट क्षेत्र २०२१ देखि नै संघर्षरत छ, जब एभरग्रान्ड कम्पनीले ऋण भुक्तानीमा डिफल्ट (कुनै व्यक्ति, कम्पनी वा संस्था आफ्नो कर्जा, ऋण वा अन्य वित्तीय दायित्व समयमै तिर्न असफल हुनु) गर्यो । त्यसपछि धेरै कम्पनीहरू यस संकटमा फँसे । यस संकटका कारण घर किन्नेहरू, लगानीकर्ताहरू र कम्पनीहरूको विश्वास गम्भीर रूपमा डगमगाएको छ । सरकारले यस क्षेत्रलाई संकटबाट निकाल्न विभिन्न कदम उठाएको छ । बैंकहरूको जोखिम कम गर्दै बजारलाई स्थिर पार्ने उद्देश्यले नयाँ नीतिहरू लागू भएका छन् । चीन सरकारले ‘सेतो सूची’योजना लागू गर्दै केही छानिएका घर निर्माण परियोजनाहरूलाई प्राथमिकता दिएको छ । यस अन्तर्गत बैंकहरूले युआन ५ ट्रिलियनभन्दा बढी कर्जा स्वीकृत गरेका छन् । यसले जोखिमपूर्ण परियोजनामा कर्जा प्रवाह घटाउँदै गुणस्तरीय परियोजनामा लगानी बढाउने काम गरिरहेको छ । साथै घर किन्ने र ऋण तिर्नेलाई सहज बनाउन विभिन्न उपायहरू अपनाइएको छ । डाउन पेमेन्ट दर घटाइएको छ, ब्याजदरमा छुट दिइएको छ र पुराना कर्जाहरूको अवधि बढाउने निर्देश जारी गरिएको छ । सरकारले ‘चार खारेजी, चार घटाउने, दुई बढाउने’ नीति लागू गर्दै सहरमा घर किन्न र बेच्नका नियमहरूमा लचिलोपन दिएको छ । बैंकहरूले नयाँ प्रोजेक्टमा मात्र होइन, पुराना लोनहरूको ‘समय पुनःस्थापना’ पनि गर्ने प्रोत्साहन पाएका छन् । यसबाहेक स्थानीय सरकारको ऋण व्यवस्थापनमा नियन्त्रण बढाउने र जोखिम कम गर्ने प्रयास जारी छ । चीनमा सम्पत्ति बिक्री र सम्पत्ति लगानीमा पनि ठूलो गिरावट आएको छ । बाल्यकालको संघर्षबाट विश्वप्रसिद्ध परफ्यूम उद्यमी बनेकी जो मेलोनको यात्रा
अमेरिकी शुल्क घटेपछि हुन्डाईको ठूलो उडान, कोरियामा ८६ अर्ब डलर लगानी गर्ने
काठमाडौं । हुन्डाई मोटर समूहले २०२६ देखि २०३० सम्म दक्षिण कोरियामा १२५.२ ट्रिलियन वोन (८६.४७ अर्ब डलर) लगानी गर्ने भएको छ । अमेरिकी सरकारले दक्षिण कोरियाली सवारीसाधनमाथिको शुल्क २५ प्रतिशतबाट १५ प्रतिशतमा झारेको नयाँ व्यापार सम्झौतापश्चात आइतबार कम्पनीले यस्तो घोषणा गरेको हो । यसअघि हुन्डाई मोटर र समूहसम्बद्ध किआ कर्पले २०२१ देखि २०२५ सम्म ८९.१ ट्रिलियन वोन लगानी गरेका थिए । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युंगले आइतबार हुन्डाई मोटर ग्रुपका अध्यक्ष उइसुन चुंग तथा अन्य व्यावसायिक प्रतिनिधिसँग भेटवार्ता गरे । यसअघि सार्वजनिक भएको व्यापार सम्झौतामा दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकाका रणनीतिक क्षेत्रहरूमा ३५० अर्ब डलर लगानी गर्ने प्रतिवद्धता जनाएको छ । ‘अमेरिकी १५ प्रतिशत शुल्कका कारण निर्यात घट्ने र घरेलु उत्पादन संकुचित हुने चिन्ताबारे हामी राम्रोसँग जानकार छौं,’ बैठकपछि अध्यक्ष चुंगले भने । ‘हामी निर्यात बजार विविधीकरण गर्छौं, घरेलु कारखानाबाट निर्यात बढाउँछौं र २०३० सम्म नयाँ विद्युतीय सवारीसाधन कारखानामार्फत गाडी निर्यात दुईगुना बनाउँछौं,’ उनले थपे । साथै राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका शुल्कबाट प्रभावित भएका अटो पार्ट्स उत्पादकलाई पनि समूहले सहयोग गर्ने उनले बताए । हुन्डाई समूहका अनुसार कुल लगानीमध्ये ५०.५ ट्रिलियन वोन (करिब ३५ अर्ब डलर) एआई तथा अन्य भविष्यमुखी व्यवसायमा केन्द्रित हुने भएको छ। त्यसपछि ३८.५ ट्रिलियन वोन अनुसन्धान तथा विकास (आरएन्डडी) मा खर्च गरिनेछ । साथै ३६.२ ट्रिलियन वोन उत्पादन पूर्वाधारको आधुनिकीकरण र गगनचुम्बी संरचना तथा अत्याधुनिक सुविधा निर्माणमा विनियोजित हुने समूहले जनाएको छ । घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता
सामसुङले एआई विस्तारका लागि ३१० अर्ब डलर लगानी गर्ने
काठमाडौं । दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसुङ) ले आगामी ५ वर्षमा ३१० अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ । यो एआईको विश्वव्यापी उछालबाट प्रेरित बढ्दो मागलाई पूरा गर्ने लक्ष्यसाथ आएको हो । सामसङ इलेक्ट्रोनिक्स पहिले नै विश्वको शीर्ष मेमोरी-चिप निर्माताहरू मध्ये एक हो र यसले एआई उद्योग र यसमा निर्भर पूर्वाधारको लागि महत्त्वपूर्ण चिप्स आपूर्ति गर्छ । दक्षिण कोरिया विश्वव्यापी सेमिकन्डक्टर बजारको अर्को प्रमुख प्रविधि उत्पादक एसके हाइनिक्स रहेको राष्ट्र पनि हो । ५ वर्षको लगानी प्याकेजमा ‘मेमोरी चिप्सको मागहरू पूरा गर्न’ डिजाइन गरिएका नयाँ सेमिकन्डक्टर सुविधा (प्योङटेक प्लान्ट ५) निर्माण गर्ने योजना समावेश रहेको छ,’ सामसुङले एक विज्ञप्तिमा जनाएको छ। पूर्ण रूपमा सञ्चालनमा आएपछि प्योङटेक प्लान्टले विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति श्रृंखला र दक्षिण कोरियाको घरेलु चिप्स प्रणाली दुवैमा अझ ठूलो रणनीतिक भूमिका खेल्ने अपेक्षा गरिएको छ। नयाँ सेवा २०२८ मा सञ्चालन सुरु गर्ने योजना रहेको छ। कम्पनीले बिस्तृत विवरण सार्वजनिक नगरिकन भनेको छ, ‘सामसुङ एसडीएस, समूहको आइटी र लजिस्टिक शाखाले दक्षिण जियोला र गुमीमा दुई एआई डाटा सेन्टरहरू स्थापना गर्नेछ।’ सामसुङ इलेक्ट्रोनिक्सल एआई-ईन्धनको मागको कारण तेस्रो त्रैमासिकमा यसको नाफा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतभन्दा बढीले बढेको छ। एआई–सम्बन्धित खर्च विश्वव्यापी रूपमा बढिरहेको र आकासिँदो प्रविधिको शेयर मूल्याङ्कनले एआई बजारमा देखिएका फोका अन्ततः फुट्न सक्छन् भन्ने चिन्तालाई बढाएको छ। दक्षिण कोरियाली सरकारले अर्को वर्ष आर्टिफिसियल इन्टेलिजेन्समा तीन गुणा बढी खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आइतबार घोषणा गरिएको लगानी प्याकेज आएको हो । अमेरिकी राष्ट्रपति ली जे म्युङले ‘एआई युगको सुरुवात’ गर्ने र देशलाई संयुक्त राज्य अमेरिका र चीनपछि विश्वको शीर्ष तीन एआई शक्तिमध्ये एक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।