काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अमेरिकी समाचार संस्था एनबिसी न्युजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताए ।
लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजित समारोहपछि ट्रम्पले भोटेकोशी बाढीबाट नेपालमा भएको क्षतिबारे जानकारी लिएको बताएका थिए ।
उनले नेपालका अधिकारीहरूसँग बाढीबाट भएको क्षतिबारे जानकारी लिएपछि आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको जानकारी गराएको बताएका छन् ।
भोटेकोशी बाढीबाट नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि अन्तर्राष्ट्रिय समुदायबाट समेत सहयोग र चासो व्यक्त भइरहेका बेला अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिबद्धता आएको हो ।