इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल

काठमाडौं । रूस धेरै व्यापारिक क्षेत्रमा भारतसँग नजिकिन निरन्तर प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । पहिला रूसले भारतलाई सस्तो कच्चा तेल बेच्यो । त्यसपछि उसले भारतलाई एलएनजी आपूर्ति बढाउन चाहेको बतायो । अब कुरा बन्दरगाहसम्म आइपुगेको छ । रूसले भारतको जहाज निर्माण तथा पोर्ट पूर्वाधार क्षेत्रमा पहल गर्ने प्रस्ताव गरेको छ । रूसले भारतलाई जहाज निर्माण क्षेत्रमा धेरै नयाँ प्रस्तावहरू दिएको छ । रूस भारतका लागि माछा मार्ने जहाज, यात्रु जहाज र सहायक जहाजहरूको विद्यमान डिजाइन दिनसक्छ वा नयाँ डिजाइन पनि तयार गर्न सक्छ । यो सबै इन्डोप्यासिफिक क्षेत्रमा समुद्री साझेदारी बढाउने प्रयासको हिस्सा हो ।  इन्डो–प्यासिफिक क्षेत्रमा हिन्द महासागर पनि समावेश छ । रूसको यस कदमले भारत–अमेरिका व्यापारिक सम्बन्धमा केही दूरी पैदा हुन सक्छ किनकि अमेरिका भारत–रूसबीच व्यापारिक सम्बन्ध झन् गाढा भएको चाहँदैन । हालै रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रमुख सल्लाहकार तथा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार निकोलाइृ पेट्रुशेव भारत आएका थिए । उनले भारतीय जहाजमन्त्री सर्वानन्द सोनोवालसँग भेट गरे । उक्त भेटमा दुवै देशबीच जहाज निर्माण, बन्दरगाह पूर्वाधार र समुद्री लजिस्टिक्समा सहकार्यका सम्भावनाहरूबारे छलफल भएको थियो । यस बैठकमा चालक दललाई तालिम दिने र गहिरो समुद्रमा अनुसन्धान गर्ने विषयमा पनि विशेष छलफल भएको थियो । पेट्रुशेवले सोनोवाललाई भने, ‘हामी भारतलाई जहाज निर्माण क्षेत्रमा रोचक प्रस्ताव दिन सक्छौं । यसमा माछा मार्ने जहाज, यात्रु जहाज र सहायक जहाजहरूको विद्यमान डिजाइन उपलब्ध गराउने वा नयाँ डिजाइन तयार गर्ने समावेश छ ।’ उनले रूससँग विशेष प्रकारका जहाज जस्तै हिमाली क्षेत्रमा चल्ने आइसब्रेकर जहाज—बनाउने ठूलो अनुभव रहेको पनि बताएा थिए । उनले भने कि हरित जहाज निर्माण क्षेत्रमा पनि सहकार्यका अवसर छन्, जुन हाल भारतका लागि समुद्री क्षेत्रको ठूलो प्राथमिकता हो । रूसले यसअघि पनि भारतलाई यस्तै प्रस्ताव गरिसकेको छ । केही समयअघि रूसले भारतलाई एलएनजी आपूर्ति बढाउन सक्ने बताएको थियो । रूसका ऊर्जामन्त्री सर्गेई त्सिभिलेभले भनेका थिए कि भारत ऊर्जा मिश्रणमा ग्यासको हिस्सा १५ प्रतिशत पुर्‍याउन चाहन्छ र रूस वर्तमान तथा आगामी परियोजनाबाट एलएनजी उपलब्ध गराउन तयार छ । त्यसैगरी, रूस भारतलाई सस्तो कच्चा तेल पनि दिँदै आएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका दुई तेल कम्पनीमा प्रतिबन्ध लगाएपछि भारतमा कच्चा तेलको आपूर्ति निकै घटेको छ । यदि रूस भारतसँग व्यापारिक सम्बन्ध बढाउँदै लैजान्छ भने यसले अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट हुन सक्छन् । रूस–युक्रेन युद्धबारे ट्रम्प लगातार पुटिनमाथि निशाना साँध्दै आएका छन् । ट्रम्पले रूसलाई आर्थिक रूपमा सहयोग गर्ने राष्ट्रहरूमा उच्च ट्यारिफ लगाइने चेतावनी दिँदै आएका छन् ।  सुन भाडामा दिएर लाखौं कमाउँदै धनी पुरानो धन, नयाँ सोच : भारतका मिलेनियल र जेन–जेड उत्तराधिकारीको स्टार्टअपतर्फ झुकाव बाल्यकालको संघर्षबाट विश्वप्रसिद्ध परफ्यूम उद्यमी बनेकी जो मेलोनको यात्रा

फ्लाई दुबईले २०० बढी विमान थप्दै, १३ अर्ब डलरमा ७५ वटा बोइङ खरिद गर्ने

काठमाडौं । कम लागतको एयरलाइन्स फ्लाई दुबईले बुधबार बोइङसँग १३ अर्ब डलर मूल्यको ७५ वटा ७३७ म्याक्स विमानको लागि सम्झौता गरेको बताएको छ । दुबईको विमान कम्पनी फ्लाई दुबई समूहले आफ्नो सेवा विस्तारका लागि २ दिनमा बोइङ र एयरबसबाट २०० भन्दा बढी विमानहरूको लागि प्रारम्भिक अर्डर घोषणा गरेको छ।  कुल १३ अर्ब अमेरिकी डलर मूल्यका ७५ वटा ७३७ म्याक्स विमानहरूका लागि र थप ७५ विमानहरूको विकल्पका लागि दुबै पक्षले ‘दुबई एयरशो’ मा एक समझदारी पत्रमा हस्ताक्षर गरेका समूहले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ।  फ्लाईदुबईले यसपहिले नै ९० भन्दा बढी बोइङ ७३७ विमानहरू सञ्चालन गरिरहेको छ। फ्लाईदुबईका अध्यक्ष शेख अहमद बिन सईद अल मकतूमले भने, ‘भरपर्दो विमानको उपलब्धता र समयमै डेलिभरी हाम्रो उद्योगको निरन्तर वृद्धिको लागि महत्त्वपूर्ण छ र यो सम्झौताले हामी भविष्यको विकासको लागि राम्रो स्थितिमा रहेको सुनिश्चित गर्दछ ।’  यो सम्झौता अमेरिकी विमान निर्माताका लागि प्रोत्साहन हो किनकि यसले घातक दुर्घटनाहरू, अदालती मुद्दाहरू र यसको रक्षा शाखामा हड्ताल, साथै डेलिभरी ढिलाइजस्ता आरोप लागिरेको कष्टप्रद अवधिमा आफ्नो व्यवसायलाई ठूलो आर्थिक योगदान मिलेको छ ।    फ्लाईदुबईले मङ्गलबार आफ्नो प्रारम्भिक एयरबस अर्डर घोषणा गरेको हो । कम्पनीले यो र सन् २०३१ देखि डेलिभर हुने २४ अर्ब डलरको १५० ए३२१ नियो जेटहरूको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।  बोइङले तेस्रो त्रैमासिकमा गत महिनाको अन्त्यमा ५.४ अर्ब घाटा भएको रिपोर्ट गरेको छ । यसको ७७७ एक्स विमानको ढिलो प्रमाणीकरणबाट भएको ठूलो थप लागतले यसको नतिजालाई तुलना गर्न बाध्य पारेको छ ।  एमिरेट्सले एलन मस्कको स्याटेलाइटबाट सञ्चालित नेटवर्क प्रयोग गर्न सुरु गर्ने बताएको एक दिन पछि फ्लाईदुबईले स्पेसएक्ससँग आफ्नो सेवामा स्टारलिङ्कको सेवालाई प्रयोग गर्न सम्झौतामा हस्ताक्षर गरेको छ ।  सोमबार फ्लाई दुबईको भगिनी एयरलाइन्स मानिने इमिरेट्सले मध्य पूर्वको सबैभन्दा ठूलो एयर शोमा ३८ अर्ब डलरको सम्झौतामा ६५ वटा बोइङ जेट अर्डर गरेको थियो ।

सुन भाडामा दिएर लाखौं कमाउँदै धनी

काठमाडौं । यस वर्ष सुनको मूल्यले पटक–पटक नयाँ रेकर्ड बनाउँदै आएको छ र धेरै धनी लगानीकर्ता तथा फ्यामिली अफिसहरू अब सुनको बिस्कुटलाई धन्सारमा  निष्क्रिय पारेर बस्न चाहँदैनन् । उनीहरूले आफ्नो सुन रिफाइनर, सुनका गहनारू बनाउने कम्पनीहरू तथा उद्योगहरूलाई व्याजको बदला भाडामा दिन थालेका छन्— जुन प्रचलनले सुनलाई ‘ब्याज नकमाउने सम्पत्ति’ भन्ने धारणालाई चुनौती दिएको छ। ‘हामीलाई धेरै फोन आइरहेका छन्— कसैले भन्छ, ‘मसँग २० लाख डलर बराबरको सुन छ’, अर्काले भन्छ, ‘मेरो एक मिलियन डलरको सुन छ, के तपाईंले यो मेरो तर्फबाट भाडामा दिन सक्नुहुन्छ ?’ सेफगोल्डका संस्थापक गौरव माथुरले बताए । गत केही महिनामा धनी ग्राहकहरू सुन भाडामा दिने मामिलामा निकै सहज भएको उनले जानकारी दिए । सेफगोल्डमा वर्षको सुरुमा २ मिलियन डलरको भाडा कारोबार हुने गरेकोमा अहिले त्यो ४० मिलियन डलरसम्म पुगेको उनले बताए । उद्योगका विज्ञहरूका अनुसार यसको आकर्षण सहज छ— सुनलाई लामो समयसम्म राख्ने सोच भएका लगानीकर्ताले सुनमै व्याज कमाउन सक्छन् र कालीगढ तथा उद्योगहरूले दैनिक उत्पादनका लागि चाहिने सुन भाडामा लिन सक्छन् । ती व्यवसायहरूले सुन भुक्तानी डलरमा होइन, उस्तै परिमाणको सुनमा फिर्ता गर्ने भएकाले मूल्य उतार–चढावको जोखिमबाट जोगिन्छन् । सेफगोल्डले अहिले सुरक्षित भाडामा २ प्रतिशत र असुरक्षित भाडामा ४ प्रतिशतसम्मको प्रतिफल दिन्छ । केही समयअघि यो दर ३ प्रतिशत र ५ प्रतिशतसम्म पुगेको थियो । ‘मानिसहरू अब केवल सुन किनेर त्यसको मूल्य ५ हजार डलरसम्म बढ्ने पर्खिएर बस्दैनन्,’ एरिजोनास्थित मनीटरी मेटल्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)  किथ वाइनरले भने । उनी विश्वव्यापी लगानीकर्ता र औद्योगिक प्रयोगकर्ताबीच सुन भाडा सम्झौता गराउने गर्छन् ।  अमेरिकी उद्यमी जोसेफ (जसले थर सार्वजनिक गर्न चाहेनन्) का अनुसार विगत वर्षमा सुनको मूल्य तीव्र रूपमा बढेपछि उनले मनीटरी मेटल्समार्फत भाडामा दिने सुनको मात्रा दोब्बर बढाए । ‘मलाई पक्का थाहा भएको एउटै कुरा यो हो— मुद्राहरूको अवमूल्यन हुन्छ,’ जोसेफले भने । जो हाल करिब ३.८ प्रतिशत प्रतिफल (सुनमै) कमाइरहेका छन् ।   ‘केन्द्रीय बैंकहरूले असाधारण गति र परिमाणमा सुन किनेका छन् । विश्वभर धेरै ऋणभार छ। यस्तो अवस्थामा सुन जम्मा गर्नु धेरै सरल, तनावरहित निर्णय हो,’ उनले भने । कसरी काम गर्छ ? सुन भाडामा दिने प्रणाली ऋणजस्तै हो, तर यहाँ सम्पत्ति नगद होइन, औंसमा मापन गरिएको सुन हो । लगानीकर्ताले आफ्नो सुन भाडा प्लेटफर्म वा वित्तीय प्रदायकलाई दिन्छन् र ती संस्थाले त्यो सुन व्यवसायलाई उधारो दिन्छन् । कालीगढ वा सुन प्रशोधन कम्पनीलाई उत्पादनका लागि सुन चाहिन्छ— तर उनीहरूले बजार मूल्य उतार–चढावको जोखिम लिएर बैंकबाट नगद ऋण लिएर सुन किन्नुपर्दैन । उनीहरूले अन्तिम उत्पादन अहिलेको सुन मूल्यमै बेच्न सक्छन् । ऋणीपक्षले सुनमै ब्याज तिर्छ र अवधि पूरा भएपछि सुरुमा लिएको उस्तै परिमाणको सुन (धेरैजसो अवस्थामा) फिर्ता गर्छ वा भाडा अवधि बढाउँछ । किलो क्यापिटलका सीईओ वेड ब्रेननका अनुसार ‘सुन भाडामा लिनुले दुई समस्या हल गर्छ— व्यवसायलाई चाहिएको फन्ड उपलब्ध हुन्छ र मूल्य उतार–चढावको जोखिम हट्छ । यदि बैंक ऋण लिएर सुन किनेका भए मूल्य घटबढबारे हेजिङ गर्नु पर्ने हुन्थ्यो । धेरै व्यवसायीहरू फ्युचर्समा त्यति दक्ष हुँदैनन् ।’ भाडा फिर्ता गर्ने बेलामा व्यवसायीले बजार मूल्य जे भए पनि उस्तै परिमाणको सुन किन्दै फिर्ता गर्छन् । मूल्य बढे भने पनि उनीहरूको उत्पादन बेच्ने मूल्य र फिर्ता गर्ने लागत दुवै बढ्छ— अर्थात् जोखिम बराबरी रहन्छ । ‘यदि उनीहरूले सुरुमा नै सुन भाडामा लिए भने ‘मूल्य बढोस् वा घटोस्’ उनीहरूलाई परवाह गर्नुपर्दैन,’ ब्रेननले भने ।  उनका ग्राहकहरूमा कालीगढ, थोक व्यापारी, बुलियन डिलरदेखि सेमीकन्डक्टर वा उच्च–शुद्धता कनेक्टरमा प्रयोग हुने सुनका कम्पोनेन्ट बनाउने टेक कम्पनीहरू पनि छन् । यस वर्ष मात्रै सुनको मूल्य ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ र गत महिनाको ४,३८१.२१ माथिको ऐतिहासिक उच्च मूल्यबाट केही घटे पनि सन् १९७९ पछि सबैभन्दा उच्च वार्षिक वृद्धि हुन लागेको एलएसईजीको तथ्याङ्कमा देखिन्छ । मूल्य बढेसँगै आपूर्ति शृङ्खलामा आवश्यक हुने फाइनान्सिङ रकम पनि बढेको छ । गोल्डस्ट्रोमका सीई‌ओ प्याट्रिक टुहीका अनुसार गहनाकार ग्राहकहरूले माग गरेको सुन भाडा माग केवल चार महिनामा दोब्बर भएको छ । ‘गत वर्षभरि सुनको मूल्य तीव्र रूपमा बढेपछि पहिले १ लाख डलरको ऋणले पाउने सुनको परिमाण अहिले धेरै घटेको छ । ‍कालीगढलाई वैकल्पिक वित्तीय विकल्प चाहिन्छ र गोल्ड अन गोल्ड (स्वर्ण बजारमा हुने एक प्रकारको लेनदेन वा सेक्युरिटी व्यवस्था) भाडा प्रणालीले त्यो समाधान गर्छ,’ उनले भने । ‘जो दुबईदेखि घानासम्मका अन्तर्राष्ट्रिय ग्राहकहरूलाई सेवा दिन्छन् । सुन भाडा नयाँ कुरा होइन— परम्परागत रूपमा केन्द्रीय बैंक र ठूला बुलियन बैंकहरूले नियमित रूपमा प्रयोग गर्ने प्रणाली हो । तर हालका वर्षहरूमा धनी व्यक्तिगत लगानीकर्ता पनि प्लेटफर्ममार्फत यस क्षेत्रमा जोडिन थालेका छन्,’ उनले थपे । जोखिम के छन् ? तर सुन भाडामा दिने प्रक्रियासँग केही जोखिम पनि जोडिएका हुन्छन्— जुन सामान्य भण्डारणको तुलनामा बढी हुन् । ‘सुन उधारो दिनु चाहे लीज होस् वा स्वाप सधैँ काउन्टरपार्टी जोखिम राख्छ । अर्थात्, ऋण लिने पक्षले फिर्ता नगर्ने सम्भावना,’ विश्व सुन परिषद्का जोन रीडले भने । रीडका अनुसार लिजिङका ब्याजदर आकर्षक देखिए पनि सुन मालिकहरूले ऋण लिने पक्षको विश्वासयोग्यता र क्रेडिट जोखिमलाई अत्यन्त सावधानीपूर्वक मूल्यांकन गर्नुपर्छ । धातु भाडामा दिने व्यक्तिका लागि पहिलो जोखिम डिफल्ट हो— यद्यपि दुर्लभ, तर यदि व्यवसायले समस्या भोग्यो वा क्याशफ्लो बिग्रियो भने उनीहरूले समयमा सुन फिर्ता नदिन सक्छन् । वा ‘नक्कली’ सुन फिर्ता गर्न सक्छन् वा प्रारम्भमा भाडामा लिइएभन्दा कम शुद्धताको सुन दिन सक्छन् । सेफगोल्डका माथुरले यी चिन्ताहरू सही भएको स्वीकार गर्दै भने, ‘कम्पनीले फिर्ता गरिएको हरेक सुनको परीक्षण गर्छ ।’  मनीटरी मेटल्सका वाइनरका अनुसार उनीहरूको प्लेटफर्मले बीमा, अडिट, क्यामेरा र आरएफआईडी प्रविधि प्रयोग गरेर चोरी वा ठगी जोखिम कम गर्छ, तर जोखिम पूर्ण रूपमा शून्य हुन्छ भनेर कहिल्यै भन्न सकिँदैन । गोल्डस्ट्रोमका टुहीका अनुसार कम्पनीले आरएफआईडी ट्याग प्रयोग गरेर भाडामा दिएको सुनबाट बनेको हरेक गहना वा वस्तुमा रेडियो चिप राख्छ जसले वास्तविक–समय इन्भेन्टरी डेटा देखाउँछ । क्यामेरा र सेन्सरले २४/७ निगरानी राख्छन् र बीमा कम्पनीहरूले चोरी वा कर्मचारी–ठगी जोखिम कभर गर्छन् । यदि कुनै कालीगढले भुक्तानी फिर्ता नगरे गोल्डस्ट्रोमले कानुनी रूपमा त्यो गहना जफत गरेर पगालेर सुन फिर्ता उठाउन सक्छ । रियल इस्टेटमा संकट गहिरिँदा चीनको अर्थतन्त्रमा ठूलो जोखिम पुरानो धन, नयाँ सोच : भारतका मिलेनियल र जेन–जेड उत्तराधिकारीको स्टार्टअपतर्फ झुकाव बाल्यकालको संघर्षबाट विश्वप्रसिद्ध परफ्यूम उद्यमी बनेकी जो मेलोनको यात्रा