हलिउड निर्देशक रब राइनर र उनकी पत्नी मिशेल मृत फेला
काठमाडौं । हलिउडका प्रख्यात फिल्म निर्माता, निर्देशक र अभिनेता रब राइनर र उनकी पत्नी मिशेल आफ्नै लस एन्जेलिसस्थित घरमा मृत फेला परेका छन् । यो सम्भावित हत्या भएको आशंकमा घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ । लस एन्जेलिसको प्रतिष्ठित ब्रेन्टवुड क्षेत्रमा रहेको उनीहरूको घर थियो । प्रहरीका अनुसार घरभित्र ७८ वर्षका पुरुष र ६८ वर्षकी महिला मृत फेला परे । दुवैलाई त्यही स्थानमा मृत घोषणा गरिएको थियो । अधिकारिहरूले हालसम्म मृतकहरूको औपचारिक पहिचान वा उनीहरूको मृत्युका परिस्थितिबारे कुनै जानकारी सार्वजनिक गरेका छैनन्। रब राइनर ‘द प्रिन्सेस ब्राइड’, ‘दिस इज स्पाइनल ट्याप’, ‘ह्वेन ह्यारी मेट सेली’ र ‘अ फ्यू गुड म्यान’, ‘स्ट्यान्ड बाई मी’, ‘मिसरी’ जस्ता चर्चित फिल्महरूको निर्देशनका लागि परिचित छन् । दिस इज स्पाइनल ट्यापमार्फत उनले निर्देशकको रूपमा डेब्यू गरेका थिए ।
सुन र चाँदी झैं चम्किँदै तामा, मूल्य नयाँ शिखरमा
काठमाडौं । यस वर्ष तामाको मूल्य तीव्र गतिमा वृद्धि भएको छ । आपूर्ति अवरोध र अमेरिकी भन्सार शुल्क (ट्यारिफ) सम्बन्धी चिन्ताले माग बढाउँदा तामाले धेरैपटक नयाँ कीर्तिमान बनाइसकेको छ । यो उछाल २०२६ सम्म पनि जारी रहने संकेत देखिन्छ । सिटीका विश्लेषकहरूका अनुसार ऊर्जा रूपान्तरण र कृत्रिम बौद्धिकता (एआई) क्षेत्रबाट आएको बलियो मागका कारण रातो धातु भनेर चिनिने तामाको मूल्य झन् आकाशिन सक्छ । विद्युतीकरण, ग्रिड विस्तार तथा डेटा–सेन्टर निर्माणका लागि तारजोड, विद्युत् प्रसारण र कूलिङ संरचनामा ठूलो मात्रामा तामाको आवश्यकता पर्छ । सिटीका अनुसार खानी आपूर्ति सीमित हुँदा हुने अनुमानित तामाको अभाव र आर्बिट्राज (एउटै वस्तु, सेयर, मुद्रा वा सम्पत्तिको फरक–फरक बजारमा रहेको मूल्य अन्तरबाट नाफा कमाउने प्रक्रिया) को अवसरका कारण अमेरिकामा तामाको निरन्तर ‘होर्डिङ’ ले मूल्य बढाउन योगदान पुर्याउने अपेक्षा छ । सिटीले भनेको छ, ‘हामी अमेरिकाले विश्वव्यापी तामाको भण्डार होर्डिङ गर्ने अपेक्षा गर्छौं र बुल केसमा अमेरिका बाहिरका घट्दै गएका स्टकबाट थप तानिनेछ ।’ ब्रोकरेजका अनुसार २०२६ को सुरुआतमा तामाको मूल्य प्रति टन १३ हजार डलरसम्म पुग्न सक्छ र आगामी वर्षको दोस्रो त्रैमासिकसम्म १५ हजार डलरसम्म पनि पुग्ने सम्भावना छ । त्यसैगरी, अवतार कमोडिटिजका सीईओ एन्ड्र्यु ग्लासले पनि तामाको मूल्य ‘स्ट्राटोस्फेरिक नयाँ उच्चस्तर’मा पुग्न सक्ने बताएका छन् । उनका अनुसार हालको उछाल परम्परागत आपूर्ति मागका आधारभन्दा बढी ट्यारिफको अपेक्षाबाट सञ्चालित ‘अत्यन्तै असामान्य विकृति’ हो । उनले पछिल्ला महिनाहरूमा चीनको तामा माग अपेक्षाभन्दा कमजोर देखिएको पनि बताए । आईएनजीकी कमोडिटिज रणनीतिकार इवा मान्थेले आगामी वर्षको दोस्रो त्रैमासिकमा तामाको मूल्य प्रति टन १२ हजार डलरसम्म पुग्ने अपेक्षा व्यक्त गर्दै उच्चमूल्यले स्टिल्स, सिमेन्ट लगायतको उद्योगको नाफा दबाबमा पार्ने बताइन् । विश्व अर्थतन्त्रको स्वास्थ्य सूचकका रूपमा हेरिने तामाको स्पट मूल्य शुक्रबार लन्डन मेटल्स एक्सचेन्ज (एलएमई) मा प्रति टन ११ हजार ८१६ डलरको अर्को उच्चस्तरमा पुगेको थियो, जबकि ३ महिनाको फ्युचर्स ११ हजार ५१५ डलरमा बन्द भयो । विश्वव्यापी बेन्चमार्क मानिने एलएमईको तामा स्पट मूल्य यस वर्ष अहिलेसम्म करिब ३६ प्रतिशत बढिसकेको छ र पछिल्लो एक महिनामा ९ प्रतिशतले उक्लिएको छ । विशेषज्ञहरूले सीएनबीसीलाई बताएअनुसार हालको उछाल ट्यारिफसम्बन्धी चिन्ताले थप तीव्र बनेको हो । २०२७ देखि अमेरिकाले प्रशोधित तामाको आयातमा शुल्क लगाउन सक्ने आशंकाले माग एकाएक बढेको छ । स्टोनएक्सकी वरिष्ठ धातु विश्लेषक नाटाली स्कट–ग्रेले भनिन्, ‘आपूर्तिमा देखिएको कडाइको ठूलो हिस्सा अमेरिकामा प्रशोधित तामाको आयातसम्बन्धी ट्यारिफ चिन्तासँग जोडिएको छ।’ वैश्विक वित्तीय सेवा कम्पनीले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्ष अमेरिकामा प्रशोधित तामाको आयात करिब ६ लाख ५० हजार टनले बढेको छ, जसले देशको भण्डार करिब ७ लाख ५० हजार टनमा पुर्याएको छ । अमेरिकामा तामाको मूल्य अन्यत्रभन्दा उच्च भएकाले व्यापारीहरूलाई ठूलो मात्रामा तामा अमेरिका पठाउन बलियो प्रोत्साहन मिलेको स्कट–ग्रेले बताइन् । लन्डन मेटल्स एक्सचेन्जमा तामा ३ महिनापछि डेलिभरीका लागि प्रति मेट्रिक टन करिब ११ हजार ५१५ डलरमा कारोबार भइरहेको थियो भने अमेरिकी कमेक्समा मार्च डेलिभरीका लागि तामा फ्युचर्स करिब ११ हजार ८१४ डलरमा थियो, जसले आर्बिट्राजको अवसर सिर्जना गरेको छ । तामाको उछाललाई खानी क्षेत्रमा जारी अवरोधहरूले पनि टेवा दिएका छन्, जसले भविष्यको आपूर्ति वृद्धि अपेक्षालाई कमजोर बनाएको छ । बुधबार सार्वजनिक नोटमा डोइचे बैंकले २०२५ लाई ‘अत्यन्तै अवरोधग्रस्त वर्ष’ भनेर वर्णन गर्दै उत्पादनमा आएको झट्काले ठूला खानी कम्पनीहरूलाई उत्पादन अनुमान घटाउन बाध्य बनाएको जनाएको छ । डोइचे बैंकले संकलन गरेको तथ्यांकअनुसार पछिल्लो एक सातामा प्रमुख तामा उत्पादकहरूले २०२६ को तामा उत्पादन अनुमान करिब ३ लाख टनले घटाएका छन्। कमोडिटिज व्यापार दिग्गज ग्लेनकोरले चिलीको प्रमुख खानी कोलाहुआसी (एङ्लो अमेरिकनसँग सहस्वामित्व) बाट कम आपूर्ति भएकाले २०२६ को उत्पादन पूर्वानुमान घटाएर ८ लाख १० हजारदेखि ८ लाख ७० हजार टनको दायरामा ल्याएको छ । खनन समूह रियो टिन्टोले पनि रोयटर्सका अनुसार आगामी वर्ष तामाको उत्पादन ८ लाखदेखि ८ लाख ७० हजार टनबीच रहने अपेक्षा गरेको छ, जुन यस वर्षको ८ लाख ६० हजारदेखि ८ लाख ७५ हजार टनको अनुमानभन्दा कम हो ।
अमेरिकाको प्रतिबन्धपछि भेनेजुएलाको तेल निर्यात ठप्प
काठमाडौं । रुसपछि अमेरिकाले भेनेजुएलामा पनि तेल आपूर्तिसँग सम्बन्धित प्रतिबन्ध लगाएको छ । अमेरिकाले यस हप्ता भेनेजुएलाको एक तेल ट्यांकर जफत गरेको छ । साथै त्यससँग व्यापार गर्ने शिपिङ कम्पनीहरूमा नयाँ प्रतिबन्धहरू पनि लगाइएका छन् । यसले गर्दा भेनेजुएलाको तेल निर्यातमा ठूलो गिरावट आएको छ । अल जजीराका अनुसार भेनेजुएलाको पानीमा तेल ट्यांकरहरूको आवागमन लगभग रोकिएको छ । अमेरिकाले घोषणा गरेको छ कि उसले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोमाथि सैन्य दबाब बनाउन अझै जहाजहरू जफत गर्नेछ । बुधबार स्किपर ट्यांकर जफत गरिएको थियो । यो २०१९ मा अमेरिकाले भेनेजुएलामा प्रतिबन्ध लगाएको पछि अमेरिकी द्वारा भेनेजुएलाको तेल कार्गोको पहिलो जफत हो । यो क्यारेबियन सागरमा अमेरिकी सैन्य जमावडको बीचमा पनि भएको हो, जसको उद्देश्य मडुरोलाई सत्ता बाट हटाउने जस्तो देखिन्छ । अल जजीराका अनुसार थप जफतको धम्कीका कारण लगभग ११ मिलियन ब्यारेल तेल र इन्धनले भरिएका ट्यांकरहरू भेनेजुएलाको पानीमा फसेका छन् । यी ट्यांकरहरू अगाडि बढ्न डराइरहेका छन् किनभने अमेरिकाले तिनीहरूलाई पनि जफत गर्न सक्छ । रोयटर्सका अनुसार स्किपरको जफतपछि केवल अमेरिकी तेल कम्पनी शेवरानले चार्टर्ड ट्यांकरहरू प्रयोअन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा पुर्याएका छन् । शेवरानसँग भेनेजुएलामा काम गर्न अमेरिकी सरकारको अनुमति छ । यो अनुमति राज्य सञ्चालित तेल कम्पनी पीडीभीएसएसँग संयुक्त उद्यममार्फत प्राप्त भएको हो र शेवरानले आफ्नो तेल अमेरिका निर्यात गर्न सक्छ । भारतले विश्वका धेरै देशहरूबाट कच्चा तेल किन्छ। यसमा रुस र भेनेजुएला पनि समावेश छन् । रुसको जस्तै भेनेजुएलाले पनि सस्तो तेल बेच्दछ । अमेरिकी प्रतिबन्ध पछि पनि भारतले रुसबाट तेल किन्ने काम जारी राखेको छ । मिडिया रिपोर्टका अनुसार भारतले भेनेजुएलाबाट २०२४ मा लगभग २२ मिलियन ब्यारेल तेल आयात गरेको थियो । यस वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट तेल किनेको कारणले भारतमा २५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाएका थिए । त्यसपछि पनि भारतले रुसबाट तेल किन्ने काम जारी राख्यो, तर भेनेजुएलाबाट भने कम गरेको थियो । केही रिपोर्टअनुसार भारतले अब भेनेजुएलाबाट तेल किन्ने काम लगभग बन्द गरेको छ र यस वर्षको अन्त्यसम्म यो पूर्ण रूपमा बन्द हुन सक्छ । धेरैको रोजाइमा दुबई किन ? यस्ता छन् कारण