मध्यपूर्वको द्वन्द्वका कारण केन्यामा इन्धनको मूल्यमा कीर्तिमानी वृद्धि, जनजीवन कष्टकर

काठमाडौं । मध्यपूर्वको द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति श्रृङ्खलामा परेको अवरोधले केन्यामा इन्धनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । जसले गर्दा यातायात र दैनिक उपभोग्य वस्तुहरूको लागतमा वृद्धि भएको छ ।  केन्याका लाखौं मानिसहरू इन्धनको मूल्यमा भएको कीर्तिमानी वृद्धिसँग जुधिरहेका छन्, जसलाई मध्यपूर्वको द्वन्द्वको प्रत्यक्ष परिणामको रूपमा हेरिएको छ । देशको ऊर्जा नियामकले सुपर पेट्रोल र डिजेलको मूल्यमा क्रमशः २८.६९ र ४०.३ शिलिङ प्रतिलिटरको ऐतिहासिक वृद्धि गरेको छ । सार्वजनिक यातायात क्षेत्रमा सञ्चालकहरूले भाडा करिब २५ प्रतिशतले बढाएका छन् । लामो दूरीका बसहरूको भाडा पनि १.५४ देखि ३.८६ अमेरिकी डलरसम्म बढेको छ ।  आयातित पेट्रोलियममा निर्भर रहेको केन्याली अर्थतन्त्रमा यो मूल्य वृद्धिले सामान र सेवाहरूको लागत बढाउने निश्चित छ । मार्च महिनामा केन्याको मुद्रास्फीति दर बढेर ४.४ प्रतिशत पुगेको छ । यद्यपि यस वर्ष ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको छ, तर बढ्दो इन्धन लागतले उक्त दृष्टिकोणमा जोखिम निम्त्याएको छ ।   

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभएसम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबंदी कायम राख्ने योजना बनाएको बताएका छन् ।  इजरायल र लेबनानबिचको युद्धविराम सम्झौता पछि इरानले शुक्रबार स्ट्रेट अफ होर्मुज पुनः खोलेको छ, यद्यपि तेहरानले अमेरिकी नाकाबंदी जारी रहेमा होर्मुज जलमार्ग फेरि बन्द गर्ने धम्की दिएको छ । तेहरान र वासिङ्टनबीच यसअघि भएको युद्धविराम बुधबार समाप्त हुने भएको छ । युद्धविराम विस्तार हुन्छ कि हुँदैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारहरूलाई युद्धविराम विस्तार नगर्ने तर नाकाबंदी जारी राख्ने बताएका हुन् ।  यसअघि पाकिस्तानमा भएको वार्तामा अमेरिका र इरानका मागहरूबीच मुख्य भिन्नता भएका कारण सहमतिमा पुग्न असफल भएका छन् । ट्रम्पले पत्रकारहरूलाई इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूमा “कुनै शुल्क नलगाउने बताएका छन् । सामाजिक सञ्जाल ट्रुथमा उनले होमूज खोल्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ धेरै खुसी भएको बताएका छन् । आमामी मे महिनामा बेइजिङमा आयोजना गरिएको शिखर सम्मेलनलाई उल्लेख गर्दै ट्रम्पले चीनमा आफ्ना समकक्षी सी जिनपिङसँग विशेष र ऐतिहासिक भेटघाट हुने बताएका छन् । फेब्रुअरी– २८ देखि सुरु भएको युद्ध अन्त्य गर्ने योजना अन्तर्गत तेहरानले इरानमा भण्डार गरिएको युरेनियम संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गर्नु पर्ने कुरामा पनि ट्रम्पले जोएका छन् । यसअघि इरानको विदेश मन्त्रालयले आफ्नो युरेनियम कतै पनि हस्तान्तरण नगर्ने बताएको थियो । रासस

फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु

काठमाडौं । फिलिपिन्सको सुरक्षा बलले आफहरूलाई पक्राउ गर्ने प्रयासको प्रतिक्रीया गर्दा १० जना सशस्त्र इस्लामवादी उग्रवादीहरूको हत्या गरेको प्रहरीले जनाएको छ । मुख्यतया क्याथोलिक मुस्लिम बाहुल्याता भएको यस क्षेत्रमा प्रहरी र सैनिकहरूसँगको गोलीबारी भएको थियो ।  मृतक मध्ये मौटे-दौला इस्लामिया नामक सशस्त्र समूहका नेता आमेरोल मङ्गोरान्का पनि रहेको क्षेत्रीय प्रहरी रिपोर्ट गरेको छ । समुहले विद्रोही नेताकी श्रीमती र अन्य तीन महिलासहितको समूहसँग एक घण्टा लामो गोलीबारी भएको जनाइएको छ ।   आफुहरुको पक्षमा  कुनै हताहत नभएको  उल्लेख गर्दै  बन्दुक र विस्फोटकहरू बरामद गरेको सेनाले जनाएको छ । फिलिपिन्स सेनाको पहिलो इन्फेन्ट्री डिभिजनको रिपोर्टमा जनवरीमा चार जना सैनिकको ज्यान गएको र एक जना घाइते भएको घटनाको पछाडि यो समूह जिमेवार रहेको आशङ्का गरिएको छ । मारिएका बन्दुकधारीहरू मारावी घेराबन्दी र वर्षौंको हिंसाका लागि जिम्मेवार समुह  सञ्जालका रहेको, सैन्य एकाईका कमान्डर मेजर-जनरल येगोर बारोकिलोले विज्ञप्ति मार्फत पुष्टि गरेको छ ।   सन् २०१७ मे सयौं फिलिपिनो मुस्लिम लडाकुहरू साथै विदेशी लडाकुहरू मारावीको मिन्डानाओ सहर कब्जा गर्न सेनामा सामेल भएको जनाइएको छ ।   सरकारी फौजले गरेको रक्तपातपूर्ण घेराबन्दीको पाँच महिना पछि एक हजार भन्दा बढीको ज्यान गुमेको छ भने उग्रवादी समूहका वरिष्ठ नेताहरू मारिका छन् ।